काठमाडौं । नेपाली कांग्रेस पनि विघटित प्रतिनिधिसभा पुनर्स्थापननको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । यसअघि नेकपा एमाले सर्वोच्च गएको थियो । कांग्रेसका तत्कालीन प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आइतबार सर्वोच्चमा रिट पेस गरेका हुन् ।
‘हामीले प्रतिनिधिसभा पुनर्स्थापनालगायत माग गरेर आज रिट दिएका हौँ,’ घिमिरेले भने, ‘निवर्तमान सांसदहरूको हस्ताक्षर वारेसमार्फत पठाएर पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीले रिट दिनुभएको हो ।’
घिमिरेसहित विघटित प्रतिनिधिसभाका ११ जना कांग्रेस सांसदले सर्वाेच्च अदालतमा रिट पेस गरेका हुन् । कांग्रेस अदालत गए पनि २१ फागुनमा घोषणा भएको प्रतिनिधिसभाको चुनावमा भाग लिने पक्षमा छ । उसले केन्द्रीय समितिबाटै चुनावमा भाग लिने निर्णय गरेको थियो ।







प्रतिक्रिया