दमक । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा पूर्वी क्षेत्रबाट सहभागी हुने कार्यकर्ता, नेता तथा प्रतिनिधिलाई सिम्रिक यातायात प्रालिले बस भाडामा छुट दिने भएको छ। मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशन लक्षित गरी छुटको व्यवस्था गरिएको कम्पनीका सञ्चालक मनोज अधिकारीले जानकारी दिए।

अधिकारका अनुसार झापाको काकडभिट्टा, विराटनगर, धरान लगायतका स्थानबाट काठमाडौं जाने यात्रुहरू महाधिवेशनमा सहभागी हुनेलाई विशेष सहुलियत प्रदान गर्ने निर्णय भएको हो। कम्पनीले पूर्वका विभिन्न शहरबाट काठमाडौंसम्म नियमित सेवा दिंदै आएको छ।
डेढ वर्षअघि सञ्चालनमा आएको सिम्रिक यातायातले हाल तीव्र गतिमा सेवा विस्तार गरिरहेको छ। आगामी दिनमा पनि यस्ता सामाजिक र सार्वजनिक चासोका कार्यक्रमलाई सहयोग गर्ने कम्पनीको योजना रहेको अधिकारीले बताएका छन्।







प्रतिक्रिया