मुख्य समाचार

भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबीच सहमति

भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबीच सहमति


काठमाडौ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबीच सहमति भएको छ ।

भन्सार एजेन्टहरूले मंसिर २३ गतेबाट सुरू गरेका थिए । सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका हुन्।

वार्तामा भन्सार ऐनको दफा ७१ ‘झ’ मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत व्याख्या गरेर सहजीकरण गर्न विभाग सहमत भएको छ।

भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सृजना भएको भन्दै एजेन्टहरू आन्दोलनमा उत्रिएका थिए ।

शेयर गर्नुहोस :

189
Shares