Banner news

एमाले महाधिवेशन – ओली निकै अगाडि, महासचिवमा मतान्तर बढाउदै पोखरेल

एमाले महाधिवेशन – ओली निकै अगाडि, महासचिवमा मतान्तर बढाउदै पोखरेल


काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना भइरहेको छ ।

हालसम्म ५० प्रतिशत मतगणना गरिएको छ । त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । हालसम्म एक हजार १३९ मतगणना गरिएको हो ।

मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् । यसपालि कुल दुई हजार २६३ मतदाता थिए । दुई हजार २२७ प्रतिनिधिले मतदान गरे । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ ।

१९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।

बुधबार (पुस १) बिहान करिब सवा ९ बजेदेखि मतदान थालिएको थियो । बिहीबार (पुस ३) बिहान मतदान सकिएको हो ।

गएको मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित चौरमा महाधिवेशन उद्घाटन गरिएको थियो । त्यसको भोलिपल्टदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु गरिएको थियो । मंसिर २९ गते महाधिवेशन सकाउने पूर्वनिर्धारित तालिका थियो । तर, मतदानमा ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।

एमालेको मत गणना अपडेट – ११३९
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८६
पर्शुराम मेघि गुरुङ्ग : ३३४
प्रथवि सुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेस भट्टराइ : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल :३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२

शेयर गर्नुहोस :

216
Shares