मुख्य समाचार

लामिछाने आज रिहा नहुने

लामिछाने आज रिहा नहुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रिहा नहुने भएका छन्।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनी स्वयं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले आजै छुट्ने सम्भावना टरेको हो।

अदालतको आदेशअनुसार बिगोसम्बन्धी दायित्व स्वीकार गर्ने कागज र बैंक जमानत प्रमाणीकरण भएपछि मात्र उनलाई थुनामुक्त गरिनेछ। हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछानेलाई उच्च अदालतको पत्र प्राप्त भएपछि रुपन्देही लगिने तयारी भइरहेको छ।

उच्च अदालतले बैंक जमानतसहित सर्तमा रिहा गर्न आदेश दिएको छ भने विदेश यात्रा गर्नुअघि अदालतलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको छ।

शेयर गर्नुहोस :

0
Shares