मुख्य समाचार

रतुवा किनारमा हतियार र गोलीगठ्ठा फेला

रतुवा किनारमा हतियार र गोलीगठ्ठा फेला


बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार र गोली फेला परेको छ । दमक प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोली बरामत गरेको हो ।

शुक्रवार साँझ दमक नगरपालिका वडा नं. १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार तथा गोली फेला परेको झापा प्रहरीले जनाएको छ ।

झापा प्रहरीका अनुसार म्याग्जिनसहितको ३११०३३६१ नम्बर भएको ईन्सास थान–१, म्याग्जिनसहितको ३११०३३६४ नम्बर भएको ईन्सास थान–१, म्याग्जिन नभएको ३११०३५१२ नम्बर भएको ईन्सास थान–१, ३०३ को जंगी राउण्ड थान–१३४, एसएलआरको जंगी राउण्ड थान–५ र ईन्सासको जंगी राउण्ड थान– २० फेला परेको जनाइएको छ ।

शेयर गर्नुहोस :

189
Shares