मुख्य समाचार

बिर्तामोडमा एक दिने लोक सेवा तयारी कक्षा सम्बन्धी अभिमुखीकरण

बिर्तामोडमा एक दिने लोक सेवा तयारी कक्षा सम्बन्धी अभिमुखीकरण


बिर्तामोड । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा एक दिने लोक सेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम शुक्रवार झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

सीपी पार्टी प्यालेस विर्तामोडको सभा हलमा विद्यार्थीहरुलाई निजामति सेवा तर्फ उत्प्रेरित गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताउनुभयो ।

प्रतिष्ठानको कार्ययोजना अनुसार देशका ७ वटै प्रदेशको सहजताका लागि जिल्लाव्यापी अभियान संचालन गर्दै आदिवासी जनजाति समुदायका विद्यार्थी लक्षित निशुल्क अनलाईन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष गुरुङले बताउनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दिपेन्द्र पाण्डेले प्रशिक्षण गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा स्थानीय तहमा कार्यरत अधिकृतहरु , तेजेन्द्र तामाङ , सरिता तामाङ, साजन साम्पाङ राई, रमेश मगर, कुल प्रसाद ताजपुरिया, अशोज ताजपुरिया लगायतले सहभागी विद्याथीहरुलाई आफना अनुभव साट्दै निजामति सेवा प्रवेशका आधारभूत विषयमा सहजीकरण गर्नुभएको थियो ।

झापा जिल्लाका आदिवासी जनजाति समुदायका २३ जातजातिका २०० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका योजना अधिकृत दिवस राईले गर्नुभएको थियो ।

विद्यार्थीहरुले निशुल्क लोक सेवा तयारी कक्षामा भर्ना हुन नेफिनको बेवसाइट nifin.gov.np मा गएर आफ्नो योग्यता अनुसार कागजात पेश गरी अबको १ साताभित्र फाराम भर्न सक्नेछन् ।

शेयर गर्नुहोस :

405
Shares