झापा । झापाका पत्रकार सुदिप अधिकारी सम्मानित भएका छन् । उनलाई निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) दमकले शनिबार नगदसहित सम्मान गरेको हो ।
प्याब्सन दमकको आयोजनामा भएको पालिका–स्तरीय सांस्कृतिक, नृत्य तथा गायन प्रतियोगिता समापनको अवसरमा हिमशिखर टेलिभिजनका समाचार प्रमुख अधिकारीसहित अन्य दुई जनालाई सम्मान गरिएको थियो । अन्य सम्मानित हुनेहरुमा जनप्रतिनिधितर्फ दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराई र शैक्षिक क्षेत्रतर्फ शैक्षिक व्यक्तित्व जनार्दन मैनाली रहेका छन् ।
उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दमकले आयोजना गरेको पालिका–स्तरीय सांस्कृतिक कार्यक्रम, नृत्य तथा गायन प्रतियोगिता शुक्रबारदेखि दमकमा सुरु भएको थियो ।







प्रतिक्रिया