झापा । झापाको कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै आज विहान गेउरीय खोलाको किनारमा बेबारिसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ ।

बिहान ६ः३० बजे उक्त स्थानमा हतियार रहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा २३८१६९ नम्बरको एक थान ग्यासगन फेला पारेको हो । बरामद ग्यासगन खिया लागेको बट र नालसहित जलेको अवस्थामा रहेको झापा प्रहरीले प्रहरीले जनाएको छ ।
प्रहरी अभिलेखअनुसार उक्त ग्यासगन जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय दमकबाट लुटपाट गरी लगेको देखिएको छ । बरामद गरिएको हतियारलाई रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याई सुरक्षित रूपमा राखिएको छ ।







प्रतिक्रिया