मुख्य समाचार

बिर्तामोडमा घरको रेलिङबाट लडेर घाइते बालकको मृत्यु

बिर्तामोडमा घरको रेलिङबाट लडेर घाइते बालकको मृत्यु


बिर्तामोड । खेल्ने क्रममा आफ्नै घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।

पुस २ गते अन्दाजी ८ः१५ बजेको समयमा झापा बिर्तामोड नगरपालिका–४ आगमनटोलमा राम कुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्की खेल्ने क्रममा घाइते भएका थिए ।

आफ्नै तीनतले घरको माथिल्लो तलामा रहेको रेलिङमा खेल्ने क्रममा लड्दा गम्भीर घाइते भएका घाइते बालकलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचार भइरहेको अवस्थामा बुधबार चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् ।

बालकको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

189
Shares