Banner news

जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द


काठमाडौँ, १० पुस – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान गरेर चुनावमा जानुपर्नेमा जोड दिएको छ । नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने स्पष्ट पार्नुभयो ।
उहाँले समाजवादी सङ्घीयताअनुरुप राज्यको ढाँचा बन्नुपर्ने, अग्राधिकारसहितको सङ्घीय संरचना र राज्यका सबै अङ्गमा जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको जानकारी दिनुभयो । अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई दिइए आन्दोलनकारी जनतासहित सबै शक्तिलाई चित्तबुझ्ने गरी निकासको पहल गर्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “त्यो अवस्था होइन भने राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्नुपर्छ ।”
जेनजी विद्रोह पछि पनि जनताले उठाउँदै आएका विषय सम्बोधन हुन नसक्नु बिडम्बना भएको उल्लेख गर्दै महासचिव चन्दले निर्वाचन मात्रै नभइ भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धनका क्षेत्रमा पनि काम गर्न सरकारलाई सुझाव दिनुभयो ।
“भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन कार्यकारीको व्यवस्था गर्नुपर्ने जेनजी आन्दोलनको ‘म्याण्डेट’ हो”, उहाँले भन्नुभयो, “तर पछिल्लो अन्तरिम सरकार बनेपछि चुनावलाई मात्रै जोड दिएर काम भइरहेको छ ।

शेयर गर्नुहोस :

216
Shares