भद्रपुर

यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुरले मनायो ख्रीष्टमस उत्सव

यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुरले मनायो ख्रीष्टमस उत्सव


बिर्तामोड । झापाको भद्रपुरमा रहेको यरुशलेम बिलिभर्स इस्टर्न चर्चमा भव्यताका साथ ख्रीष्टमस उत्सव मनाइएको छ । विविध कार्यक्रम गर्दै ख्रीष्टमस डेको अवसरमा उत्सव मनाइएको हो ।

चर्चको प्राङगणमा आयोजित उक्त उत्सवमा चर्चका जवानहरूले सांगीतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । विभिन्न सांस्कृतिक भेषभुषामा सजिएर उनीहरुले ख्रीष्टमसको सन्देशलाई जीवन्त, सशक्त बनाएका थिए । जवानहरुले ख्रीष्टको प्रेम, त्याग र उद्धारको सन्देशलाई प्रस्तुति मार्फत व्यक्त गरेका थिए ।

चर्चका रेभ. फादर जगत वाग्लेले उत्साहपूर्ण, अनुशासित र गौरवपूर्ण उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार ख्रीष्टमसले आत्मिक जागरण, सामाजिक एकता र प्रेमको सन्देश दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले ख्रीष्टमसको शुभकामना व्यक्त गर्दै एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन् । उनले समाजमा बढ्दै गइरहेको अराजकताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे । जिससको प्रेरणाले अराजताको बाटोमा हिड्नेहरुलाई सहि बाटोमा डोहोर्याउन सकोस् भन्दै उनले सबै जातजाति, भाषाभाषिको संरक्षण संविधानले गरेको बताए । नगर प्रमुख पोखरेलले नगर क्षेत्रभित्र सबै जातजाति, धर्मसमुदायलाई स्थानीय सरकारको तर्फबाट सहयोग निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, समस्या ग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशका सदस्य तथा पूर्व डीएसपी धनप्रसाद सिवाकोटी, सामाजिक व्यक्तित्व शिवराज राजभण्डारी, भद्रपुर वडा नं. ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गाना, वडा नं. ८ को कार्यवाहक वडाध्यक्ष भगवती बस्नेत, सामाजिक व्यक्तित्व शिव उप्रेती, राजकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

रेभ. फादर जगत वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रेभ. फादर समर वाग्लेले गरेका थिए भने सञ्चालन बिक्रम वाग्लेले गरेका थिए ।

शेयर गर्नुहोस :

486
Shares