मुख्य समाचार

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन


काठमाण्डौ – रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताको लागि खुला गरिएकोमा अन्तिम समय हिजो शुक्रवारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ ।

पाँच लाख ८३ हजार ८ सय ९६ आवेदकबाट ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको लागि आवेदन परेको छ । प्रतिकित्ता ८ सय २० रूपैयाँ ८० पैसाको दर अनुसार कूल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँको सेयर माग भएको हो ।

यो आईपीओ ५०/५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ । आवेदक संख्याको आधारमा आईपीओ भर्ने हरेक ३२ मध्ये एक जनालाई ५० कित्ता सेयर पर्ने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस :

162
Shares