बिर्तामोड । बिर्तामोड नगर अस्पतालले स्थानीय तहभित्रै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन गरिरहेको छ । निःशुल्क प्रसूति सेवा सञ्चालनमा आएपछि नगर अस्पतालमा २२३ जनाले उक्त सेवा लिएका छन् । नगर अस्पतालका अनुसार आर्थिक वर्ष २०८०-०८१ देखि प्रसूति सेवा सुरु भएको थियो । सेवा सुरु भएपछि…