बैशाख ७, २०८१ शुक्रबार

हल्दिवारी गाउँपालिकाका २२ जना जनप्रतिनिधिको संयुक्त प्रेस विज्ञप्ति

न्यायप्रेमी जनसमुदायहरुः

हल्दीबारी गाउँपालिकाको मिति २०७७ आषाढ १० गते आह्वान गरिएको सातौं गाउँ सभा अधिवेशनमा सभाको कार्यसूची बमोजिम आगामी आर्थिक वर्ष २०७७/०७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रम सभाका सदस्य एवंम् बजेट नीति तथा कार्यक्रम समितिका संयोजक श्री डम्बर वहादुर गिरीबाट प्रस्तुत भर्इ सभामा पेश भएको विनियोजन विधेयक उपर सौहार्दपूर्ण वातावरणमा छलफल चलिरहेको वेला सभाअध्यक्ष एवंम् हल्दीबारी गाउँपालिकाका अध्यक्ष श्री रविन्द्र प्रसाद लिङ्देन ज्यूबाट आफ्नो पदीय मर्यादा, जिम्मेवारी र हैसियत विपरित आफ्नो अगाडि पट्टि रहेको सीसाको टि-टेवल फुटाएर सभाहलभित्रै हुल हुज्जत गरी सभाका सदस्यहरुको पटक पटकको आग्रह र अनुरोधलार्इ समेत नकार्दै सभाबाट बाहिरिएको र बाहिर रहेका केही व्यक्तिहरुलार्इ समेत हुलहुज्जत गर्न उक्सार्इ बाहिर रहेका नेपाली काँग्रेस र राप्रपाका केही अराजक व्यक्तिहरुले सभाकक्षको आल्मुनियम पार्टेशन, सीसाको बेरा, ढोका, टेवल-कुर्सी लगायत गाउँपालिकाको सार्वजनिक सम्पति समेत तोडफोड गरी घृणित र आपराधिक क्रियाकलाप गरेको घटना प्रति हामी घोर निन्दा र भत्सर्ना गर्दछौं ।

हल्दीबारी गाउँपालिकाको मिति २०७७ साल आषाढ ०१ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको नियमित सातौ गाउँ सभा अधिवेसन आह्वान गर्नका लागि स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार विभिन्न समितिहरुको बैठक बस्ने कार्यतालिका समेत तय गरी आषाढ-१० गते सभा उद्घाटन गर्ने निर्णय गरेको थियो । जस अनुसार असार- २ गते स्थानीय राजस्व परामर्श समितिको बैठक, असार-३ गते बजेट नीति तथा कार्यक्रम तर्जुमा समितिको बैठक,असार-४ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक,असार ५ र ६ गते वडाहरुमा टोलस्तरीय छलफल रविषयगत समितिहरुको बैठक बसी आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गरेर बजेट, नीति तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्ने कार्यतालिका वमोजिम गाउँपालिका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था लगायत राजनीतिक दलहरुसंग समेत सल्लाह र सुझाव लिइ असार-७ गते पुनः बजेट नीति तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने र असार- ८ गते गाउँ कार्यपालिकाको बैठक बसी अनुमोदन गरेरगाउँ सभामा पेश गर्ने निर्णय गरे वमोजिम गत मिति २०७७ साल असार १० गते दिउँसो ११ बजे गाउँपालिकाका अध्यक्ष श्री रविन्द्र प्रसाद लिङ्देन ज्यूकै आदेश अनुसार सातौं गाउँ सभा अधिवेशन आह्वान गरिएको थियो ।

गाउँ सभाको कार्यसूची बमोजिम राष्ट्रिय धुन बजाएर उद्धाटन गरिएको गाउँ सभा अधिवेशनमा सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरी सभाका अध्यक्ष श्री रविन्द्र प्रसाद लिङ्देनले सभाका सदस्य एवंम् बजेट नीति तथा कार्यक्रम समितिका संयोजक श्री डम्बर वहादुर गिरीलार्इ आगामी आ.व. २०७७/७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रम पेश गर्न अनुमति प्रदान भर्इ विनियोजन विधेयक सभामा पेश भर्इ सके पश्चात सभाका सदस्यहरुबाट प्रस्तावित बजेट नीति तथा कार्यक्रम माथि शान्त एवंम् सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको बेला गाउँपालिकाका अध्यक्ष एवंम् सभाका सभाध्यक्ष श्री रविन्द्र प्रसाद लिङ्देन ज्यूबाट आफ्नो पदीय मर्यदा र हैसियत विर्सिएर बैठक कक्षभित्रै हुलहुज्जत गरी सभाबाट बाहिरिन खोजेकोमा हामी सभाका सदस्यहरुले वहाँलार्इ सभाध्यक्षको पदीय मर्यदा र जिम्मेवारी स्मरण गरायौं । सभाका सदस्यहरुको माग वमोजिम सभा संचालन गर्न पटक पटक आग्रह गरेका थियौं । सभाका सदस्यहरुको सयौं पटकको आग्रहलार्इ नकार्दै सभाध्यक्ष ज्युले आफ्नो अगाडि पट्टी रहेको सीसाको टि-टेवल तोडफोड गरी बाहिर रहेका केही अराजक व्यक्तिहरुलार्इ समेत हुलहुज्जत गर्न उक्साउदै सभाको नियम बमोजिम गाउँ सभा समेत स्थगन भएको जानकारी सभालार्इ नगरार्इ बाहिर निस्किएको तथा बाहिर पट्टी रहेका अराजक व्यक्तिहरुले सभाकक्षको आल्मुनियम पार्टेशन सीसाको बेरा, ढोका, जस्ताको छाना, टेवल-कुर्सी लगायतका सार्वजनिक सम्पतिहरु तोडफोड गरी सम्मानित सभाको गरिमा माथी आंच पुर्याउने गरी सभाका केही सदस्यहरुलार्इ अस्लिल सब्द प्रयोग गरी गाली बेइज्जती समेत गरर घृणित र आपराधिक क्रियाकलाप गरेको हुँदा यस्तो कार्य पुनः नदोहोर्याउन सम्बन्धित सबैलार्इ विनम्र आग्रह गर्न चहान्छौं । साथै, विर्तामोड नगरपालिका क्षेत्रबाट समेत मानिसहरुलार्इ  संलग्न गरार्इ भएको घटनाको निन्दा गर्दै संलग्न व्यक्तिहरु उपर सार्वजनिक मुद्धा चलाउनका लागि जिल्ला प्रहरी कार्यालय झापामा मुद्धाको प्रकृया अगाडि बढाइएको हुँदा दोषी उपर कडा भन्दा कडा कानुनी कार्वाहीको जोडदार माग गर्दछौं ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भएको नीतिगत व्यवस्था र प्रावधान वमोजिम सौहार्दपूर्ण वातावरणमा चलिरहेको गाउँ सभा अधिवेशनमा सभाध्यक्ष र सभा भन्दा बाहिरका व्यक्तिहरुबाट भएको यस किसिमको अमर्यादित र निन्दनिय गतिविधिले गाउँपालिकाका अध्यक्ष ज्यूको गैरजिम्मेवारीपन उदाङ्गो भएको छ ।

सभाअध्यक्ष ज्यू सभाबाट बाहिरिए पश्चात १ न. प्रदेश सरकारबाट जारी भएको गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ वमोजिम गाउँपालिकाका उपाध्यक्ष ज्यूलार्इ सभाको अध्यक्षता गरार्इ प्रस्तावित बजेट नीति तथा कार्यक्रम पास गरिएको व्यहोरा सर्वसाधारण सबैलार्इ जानकारी गराउन चाहन्छौं ।

उक्त घटना पश्चात विकशित घटनाक्रमलार्इ लिएर सामाजिक संजाल, विभिन्न पत्रपत्रिका, संचार माध्यम लगायत आम नागरिकमा गलत प्रचार भइरहेको हुँदा घटनाको सम्बन्धमा निम्नानुसारको सत्यतथ्य विवरण प्रस्तुत गर्न चाहन्छौं ।

तपशील

१. यो जुनघटना भएको छ यो अध्यक्षज्यूबाट सुनियोजित तवरले गराइएको हो, किनकी कुनै वैठक तथा सभामा उपस्थिति जनाउन मार्इन्यूट राखिएको हुन्छ। गाउँ सभाका सदस्य सचिववाट उपस्थितिको मार्इन्यूट तयार गरेर अध्यक्ष ज्यूको अगाडि रहेको टेवलमा राखिएको थियो । जसमा नआफुले उपस्थिति जनाउनु भयो न सभाका सदस्य ज्यूहरुलार्इ नै उपस्थिति जनाउने अधिकार दिनु भयो । उहाँको नियत नै हुल-दंङ्गा गराउने,बीचैमा उठेर हिन्ने र सभा विथोल्ने भन्ने नै थियो जुन कुरा अध्यक्ष ज्युको पत्रकार सम्मेलनवाट अझ प्रष्ट भएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष आफैले भन्नु भएको छ कियहाँ हल्दीबारीका  तमाम माहनुभनवहरु यो वजेट विनियोजन समानुपातिक छैन भनेर  र साथसाथै चारकोषे जङ्गललार्इ नामाकरण गर्ने कुरामा उहाँहरुले पहिचान सँग सम्वन्धित खालका कुराहरु लिएर आर्इ रहनु भएको थियो अव भन्नुहोस सभाको अध्यक्षता गरेर वसीराख्नु भएका सभाअध्यक्ष ज्यूलार्इ कसरी थाहा भयो, वाहिर केको लागि ज्ञपानपत्र वुझाउन आउनु भएको थियो, उहाँकै भाषामा तमाम हल्दीबारीवासीहरु । त्यसैले गाउँपालिकाका अध्यक्ष ज्यूको प्रत्यक्ष निर्देशनमा सार्वजनिक सम्पत्तिमा हुलदुङ्गा तोडफोड गरेर क्षति पुर्यार्इएको हो।

२. अझै मजाको कुरा त गाउँपालिका अध्यक्ष ज्यूले पत्रकार सम्मेलनमा उपाध्यक्ष सहितले साङ्घातिक आक्रमण गरे भन्ने आरोप लगाउनु भएछ । यसमा हामी धेरै टिप्पणी गर्न चाहन्नौ । हामी यति मात्र भन्न चाहान्छौं कि साङ्घातिक आक्रमण भर्इ सक्त घार्इते हुनु भएको भए अध्यक्ष ज्यूले सभावाट वाहिरिए पछि गाउँपालिकाको वाहिर उहाँले मच्ची-मच्ची गरेको भाषाण हेरे पुग्छ, उहा माथि आक्रमण भएको थियो कि थिएन ? यसरी सरासर झुट वोल्न सरम लाग्नदैन अध्यक्ष ज्यूलार्इ हामी सोध्न चाहन्छ ।फेरि वडा अध्यक्ष होम चुडाल घार्इते रे त्यो पनि अध्यक्ष ज्यूलार्इ वचाउने क्रममा ।आश्चर्य लाग्छ जो वडा अध्यक्ष श्री होम प्रसाद चुडाल गाउँपालिका अध्यक्ष ज्यू भन्दा करिव १० मिनेट अघि सभावाट वाहिर निस्किनु भएको थियो ।उहाले अध्यक्ष ज्यूलार्इ सभाहलमा वचाउदा घार्इते हुनु भयो अरे । यो भन्दा ठुलो झूट र सरम के नै हुन्छ र ? सभाको क्यामेराको रेकर्ड हेरे प्रस्ट हुन्छ ।

३.नेपालको संविधानको धारा २२७ मा गाउँसभा र नगरसभाको सन्चालन, वैठकको कार्यविधि लगायतका विषयहरु प्रदेश कानून वमोजिम हुनेछ भनि उल्लेख छ । सोही अनुसार  प्रदेश सरकार, प्रदेश नं १ वाट प्रदेश राजपत्रमा मिति २०७५ साल वैशाख महिनाको २० गतेका दिन प्रकाशित गाउँ तथा नगर सभा सन्चालन कार्यविधि ऐन, २०७५ को दफा १६ को उपदफा ५ वमोजिम उपाध्यक्षले सभाको अध्यक्ष भर्इ सभा सन्चालन गर्नु भएको हो ।

३.गाउँपालिका अध्यक्ष ज्युले पत्रकार सम्मेलनमा भन्नु भएछसभाको निर्णय प्रमाणित कहा उपाध्यक्षले गर्न पाउँछ ? कुरा त ठिकै हो गाउँपालिकाका अध्यक्ष ज्यूको ।तर, हामी  तपार्इहरुलार्इ जानकारी गराउन चाहान्छौं की अध्यक्ष ज्यूले पत्रकार सम्मेलनको क्रममा पटक-पटक उच्चारण गर्नु भएको स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा २१ मा सभामा तत्काल कायम रहेका सदस्य संख्याको वहुमतले पारित गरेमा सभाका अध्यक्षले प्रमाणिकरण गर्नु पर्ने कुरा उल्लेख छ। फेरी पनि  स्मरण गराउन चाहान्छौं । मिति २०७७ साल आषाढ १० गतेका दिन आव्हान भर्इ सन्चालन भएको गाउसभामा गाउँपालिका अध्यक्ष ज्यूले सभा छोडेर वाहिरिए पछि सो सभाको अध्यक्ष कानुनतः सभाको अध्यक्ष उपाध्यक्ष श्री डम्वर वहादुर गिरीले गर्नु भएको हो । उपाध्यक्ष ज्यूकोसभाध्यक्षतामा सन्चालन भएको सभाको निर्णय सभाकै अध्यक्षले प्रमाणिकरण गर्नु भएको हो । कसैलार्इ कुनै दुविदा भए, संका उप-संका भए सम्मानित न्यायालय वा सम्बन्धित निकायवाट उक्त मिति २०७७ साल आषाढ  १० गते वसेको गाउँसभाको निर्णयलार्इ वदर गरार्इ ल्याउन चुनौती समेत दिन चाहन्छौं ।

४. गाउँ तथा नगर सभा सन्चालन कार्यविधि ऐन, २०७५ को दफा१३ वमोजिम गाउँसभाको उपस्थिति मार्इन्यूटमा आफु पनि उपस्थिति नजनाउने र बाहिर निस्किएर सभा बहिस्कार गरेको भाषण गर्ने अनि सभा सन्चालन भएको भोलि पल्ट पत्रकार सम्मेलनमा सभा स्थगन भएको भन्ने यो चै कुन कानून नियममा रहेछ ? सभा स्थगन गर्न  नसकिने भन्ने होर्इन । तर, प्रदेश सरकार, प्रदेश नं १ वाट प्रदेश राजपत्रमा मिति २०७५ साल वैशाख महिना २० गतेका दिन प्रकाशित गाउँ तथा नगर सभा सन्चालन कार्यविधि ऐन, २०७५ को दफा१२ वमोजिम सभा स्थगित गर्नु पर्ने औचित्यता र कारण सभालार्इ जानकारी नगरार्इ आफ्नो पद अनुकुलको आचरण समेतलार्इ ख्याल नगरी अमर्यादित र तोडफोड गर्दै सभावाट वाहिरिने बहिस्कार गरेको भन्ने अनि त्यसको भोलिपल्ट सभा स्थगनको जानकारी दिने त्यो पनि पत्रकार सम्मेलन मार्फत, क्या गजव छ ।

अन्त्यमा,अध्यक्ष श्री रविन्द्र प्रसाद लिङ्देन ज्यूले स्थानीय नागरिकलार्इ भ्रममा पार्ने गरी दिनु भएको अभिव्यक्ति गैरजिम्मेवारीको पराकाष्ट हो । वहाँलार्इ आफ्नो मर्यादा ख्याल गरी कानुनले तोकेको जिम्मेवारी अनुसारको काम गर्नु हुनका लागि हार्दिक अनुरोध गर्दछौं । लोकतान्त्रिक विधि र प्रकृया अनुसार कानुनी शासनको परिपालनाका लागि हामी सदैव तत्पर छौं र सबै पक्षबाट कानुन पालना हुने अपेक्षा राखेका छौं ।

धन्यवाद ।

हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिहरुः

१. श्री डम्वर वहादुर गिरी गाउँपालिका उपाध्यक्ष

२. श्री त्रिलोचन सापकोटा वडाअध्यक्ष

३. श्री राजेन्द्र योङहाङ वडाअध्यक्ष

४. श्री रोषन शिवाकोटी वडाअध्यक्ष

५. श्री सागर पोर्तेल कार्यपालिका सदस्य

६. श्री गीता भण्डारी कार्यपालिका सदस्य

७. श्री सरिता न्यौपाने कार्यपालिका सदस्य

८. श्री भक्त वहादुर रोक्का कार्यपालिका सदस्य

९. श्री मातृकादेवी भट्टरार्इ कार्यपालिका सदस्य

१०. शर्मीला वि.क. कार्यपालिका सदस्य

११. श्री पदम सुन्दर रार्इ गाउँ सभा सदस्य

१२. श्री मनोज पोखरेल गाउँ सभा सदस्य

१३. श्री कुमारी वि.क. गाउँ सभा सदस्य

१४. श्री खकेन राजवंशीगाउँ सभा सदस्य

१५. श्री शुकलाल राजवंशी गाउँ सभा सदस्य

१६. श्री सनमायाँ वि.क.गाउँ सभा सदस्य

१७. श्री शान्ता गौतमगाउँ सभा सदस्य

१८. श्री जीत वहादुर मेचेगाउँ सभा सदस्य

१९. श्री नेत्र वहादुर गिरीगाउँ सभा सदस्य

२०. श्री केदार प्रसाद उप्रतीगाउँ सभा सदस्य

२१. श्री महेशलाल मेचेगाउँ सभा सदस्य

२२. श्री पवित्रा सेन्चुरीगाउँ सभा सदस्य

प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार  ५ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]