बैशाख २४, २०८१ सोमबार

सहकर्मीलाई धोका दिदैं मुख्यमन्त्री बन्ने दाउमा आङ्बो

प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन

झापा । प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुष्पकमल दाहाल प्रचण्ड समूहका एक मन्त्रीले लगभग हस्ताक्षर संकलन गरिसकेको सूचना प्राप्त भएको छ । केन्द्रको निर्देशन आउनसाथ दर्ता गर्न हस्ताक्षर संकलन गरिएको उच्च स्रोतले जनाएको छ ।

आजै वागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोहि घटनाले प्रदेश १ मा तत्काल असर गर्ने अनुमान लगाइएको छ । बादल समूहका नेता मानिने प्रदशेका अर्थमन्त्री इन्द्र आङ्वोले पूर्व एमालेहरुलाई धोका दिएर हस्ताक्षर संकलन गरिरहेको स्रोतको दावी छ । मन्त्री आङबोले मुख्यमन्त्रीका रुपमा आफुलाई उभ्याएर हस्ताक्षर संकलन गरिरहेको बुझिएको छ । बादल समूहबाट मन्त्री पड्काएका आङ्वो अब प्रचण्ड समूहको समर्थन गरेर मुख्यमन्त्री बन्ने दाऊमा रहेको प्रदेशको राजनीतिक घटनाक्रमले देखाएको छ ।

प्रदेश १ को संसदीय दलका उपनेता तथा प्रचण्ड समूहका शीर्ष नेता टंक आम्बुहाङले हस्ताक्षर संकलनमा केन्द्रको कुनै निर्देशन नभएको बताएका छन् । उनले अहिले नै अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताए । प्रदेशका अर्थमन्त्री इन्द्र आङ्वोलाई मुख्यमन्त्री बन्न आफ्नै खेमाका नेताले रोक्न सक्ने जानकारहरु बताउँछन् । एक नेकपा नेता भन्छन्, घुरीघुरी उनैलाई मन्त्री, मुख्यमन्त्री संभव छैन ।’ उनैले दुई वर्षअघि टंकलाई मन्त्री हुनबाट रोकेका थिए । अहिले पनि उनलाई रोक्नका लागि भरमग्दुर प्रयत्न गरिरहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । जसमा मुख्यमन्त्री शेरधन राईलाई पूर्व एमालेतर्फका २६ सांसदले भोट दिएर तत्कालीन एमालेको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनाएका थिए । नेकपा एकीकरणपछि पनि राई दलको नेता र मुख्यमन्त्री छन् । प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारी पनि ओली समूहकै हुन् । ओली र प्रचण्ड समूहले अविश्वास आएको खण्डमा कांग्रेससँग तालमेलको तयारी समेत गरेका छन् । प्रदेश १ मा नेपाली कांग्रेसलाई निर्णायकका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : पुष १०, २०७७ शुक्रबार  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]