बैशाख १५, २०८१ शनिबार

मानव ओसारपसारका प्रतिवादी कारागार चलान

बिर्तामोड । मानव ओसारपसार तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । साविक खजुरगाछी–५ हाल गौरीगञ्ज –६ का २६ वर्षीय दिपेन्द्र यादवलाई पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

०७६ साल असार ३० गते मानव ओसारपसार तथा जक मुद्दामा झापा जिल्ला अदालतले यादवलाई ११ वर्ष कैद र १ लाख जरिवाना तोकेको थियो । सोहि समयदेखि फरार यादवलाई गत १६ गते घरबाटै जिल्ला प्रहरीको टोली र गौरीगञ्ज प्रहरीले पक्राउ गरेको थापाको भनाई छ । विषेश सुराकीको आधारमा उनलाई पक्राउ गरिएको हो । हाल यादवलाई पीसीआर परीक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पीसीआरको रिपोट पछि कारागार चलान गरिने प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]