बैशाख १५, २०८१ शनिबार

प्रदेश १ का व्यवसायी बिर्तामोडमा

बिर्तामोड । प्रदेश १ का उधोगी व्यवसायीहरु बिर्तामोडमा भेला भएका छन् । सोमवार हुने अधिवेशनका लागि प्रदेशभरका उधोगी व्यवसायी बिर्तामोडमा भेला भएका हुन् ।

नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्वका लागि सोमवार हुने निर्वाचनमा सहभागी हुन उधोगी व्यवसायी बिर्तामोड आएका हुन् । विहान तेस्रो साधारणसभा उद्घाटन हुने छ । त्यसपछि निर्वाचन हुने बताइएको छ ।

१५ सदस्यीय प्रदेश समितिका लागि १३ जना निर्वाचनबाट चयन हुने व्यवस्था छ । अध्यक्षले थप २ जना मनोनित गर्न पाउने बताइएको छ । अध्यक्षका लागि भीम घिमिरे र टिकाराज ढकाल प्रतिष्पर्धामा उत्रिदैछन् । सबै जसो पद्मा निर्वाचन हुने व्यवसायीहरुले जानकारी दिएका छन् ।

झापाबाट प्रदेश सदस्यका लागि कुमार भट्टराई, भुपाल कटुवालले उम्मेद्वारी दिने बुझिएको छ । झापाबाट जिल्ला नगर उपाध्यक्षमा कुमारमणी पोखरेलले उम्मेवारी दिने जानकारी दिए ।

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]