बैशाख १५, २०८१ शनिबार

गुणस्तरीय शिक्षाका लागि बिराट र ग्लेसियरबिच सहकार्य

विर्तामोड । झापाको विर्तामोडमा रहेको बिराट ज्योती अंग्रेजी मावि र ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेज काठमाडौं बिच व्यवस्थापकीय सहकार्य हुने भएको छ । शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सहकार्य बारे जानकारी दिइएको छ ।

२५ वर्षदेखि शिक्षा क्षेत्रमा योगदान गर्दै आएको बिराटले समय सुहाउँदो शैक्षिक गतिविधिका लागि ग्लेसियरसँग सहकार्य गर्ने भएको हो । बिराटका अध्यक्ष गणेश ओलीले जीवन उपयोगी, व्यवहारिक र अनुसाशित शिक्षाका लागि अब नयाँ ढंगले अघि बढ्ने जानकारी दिए । उनले झापाकै पुरानो निजी विधालयमध्येको एक बिराटले अभिभावक र विधार्थीको मन जित्दै यहाँसम्म आएको बताए । गुणस्तरीय शिक्षा र प्रविधिसहितको शिक्षालाई पहिलो प्राथमिकतामा राखेर पठनपाठन सञ्चालन गर्दै आएको ओलीको भनाई छ ।

ग्लेसियरसँगको सहकार्यपछि शैक्षिक र प्राविधिक सहयोग हुने ग्लेसियरका सहायक प्रिन्सिपल रेगन प्रसाईले जानकारी दिए । सफल शैक्षिक संस्थाको पहिचान बनाएको ग्लेसियरसँगको सहकार्यमा बिराटलाई थप गुणस्तरीय र समय सापेक्ष बनाइने प्रसाईको भनाई छ । ०५१ सालमा स्थापना भएको ग्लेसियरले बिराटसँगको सहकार्यमा झापाको शिक्षा क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ ।

बिराटले आगामी शैक्षिक शत्रबाट विज्ञान र मानविकिका संकायहरु र मन्टेश्वरी शिक्षामा आधारित कक्षा सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष ओलीको भनाई छ । त्रिभुवन विश्वविधालयबाट बिबिएस समेत भित्र्याउने तयारी गरिएको बताइएको छ ।

भारतस्थित हाइदराबादको आइरिस फ्लोरेन्ट्सको फे्रन्चाइज अन्तर्गतको शिक्षा प्रदान गर्दै आएको ग्लेसियरले मन्टेश्वरी शिक्षालाई विशेष रुपमा सञ्चालन गर्दै आएको प्रिन्सिपल दिवस शाक्यले जानकारी दिए । उनले अबको समयमा विधार्थीलाई विधालय जाउ–जाउ लाग्दो वातावरण बनाइने बताए । घरमा रुँदा पनि शिक्षकलाई सम्झिएर मात्रै रुने विधार्थीको परिकल्पना गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]