जेष्ठ ३, २०८१ बिहीबार

पुस्तकालय भवन उद्घाटन

शान्तिनगर । झापा बुद्धशान्ति गाउँपालिका–६ स्थित शान्ति आदर्श माध्यमिक विद्यालयमा व्यवस्थित पुस्तकालय सञ्चालनमा आएको छ ।
विद्यालयको ६८ औं स्थापना दिवशको अवसर पारेर भारतका लागि नेपालका पूर्व राजदुत डा.लोकराज बरालले सो पुस्तकालय भवनको मंगलवार उद्घाटन गरे । पुस्तकालय भवन उद्घाटनसंगै विद्यार्थीको पठन–पाठनमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । विद्यालयले हरेक बर्षको बैशाख–१० गते बार्षिकोत्सव मनाउने गरेको थियो । तर, सरकारले बैशाख १ गतेबाट “विद्यार्थी भर्ना अभियान” सञ्चालन गर्ने समय छुट्याएकाले बार्षिकोत्सव सारिएको र बैशाख–१० गते विद्यालयको स्थापना दिवस मनाउन थालिएको विद्यालयले जानकारी दिएको छ ।
भारतीय राजदुतावासले निर्माण गरेको दुई तले भवनको माथि करिव ६ लाख १८ हजार रुपैयाँको लागतमा नयाँ भवन बनेपछि पुस्तकालय सञ्चालनमा आएको हो । सो पुस्तकालयको भवन डा.लोकराज बरालले उनको स्वर्गीय पत्नी गंगा बरालको सम्झनामा निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक अनिल खतिवडाले बताए स्व.गंगा बराल सो विद्यालयका पूर्व शिक्षक समेत हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा भारतका लागि नेपालका राजदुत डा.लोकराज बरालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा डा.जय बराल, वडा नम्वर ६ का वडाध्यक्ष शम्भुप्रसाद पौड्याल, अग्रज पत्रकार चन्द्र भण्डारी, प्राध्यापक शिरोमणी खतिवडा, पूर्व शिक्षक माधवप्रसाद खतिवडा लगायतको आतिथ्य रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक खतिवडाले स्वागत मन्तब्य राख्दैं विद्यालयको गतिविधिका बारेमा जानकारी दिएका थिए । उनका अनुसार एक नम्वर प्रदेश सरकारको सहयोगमा विद्यालयमा स्वच्छ पिउने पानीको ब्यवस्थाका लागि काम भइरहेको छ । यसका साथै, विद्यालयको घेरावारा, वालमैत्री कक्षा सञ्चालनका लागि काम भइरहेको जानकारी गराए । यसका साथै भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि सहयोगको लागि सवैमा अनुरोध समेत गरे ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]