जेष्ठ ५, २०८१ शनिबार

व्यवसायीको हत्यारा छिटो पत्ता लगाऊ

सम्पादकीय

केहि महिना शान्ति भएको बिर्तामोडमा फेरि त्रास शुरु भएको छ । होटल व्यवसायीको रहस्यमय मृत्यूले यस क्षेत्रका व्यवसायी त्रसित भएका छन् । झापाको विर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको रहस्यमय मृत्युले व्यवसायीमा डर, त्रास उब्जिएको छ । सामान्य रुपमा व्यापार व्यवसाय गर्दै बसेका व्यवसायीको शव जंगलमा भेटिनुले शान्ति , सुरक्षामा चुनौति देखा परेको छ । परिवारले अपहरण पछि हत्या भएको हुन सक्ने अनुमान गरेका छन् । जुन, सत्य नजिक पनि छ ।

होटल व्यवसायमा नाम कमाएका निरौलाको दैनिक जीवन सामान्य नै थियो । उनको बोलीचाली र व्यवहार पनि भद्र नै थियो । गाउँलेमा जाने अधिकांश ग्राहक उनको बोलीचालीमा सन्तुष्ट नै थिए । तर, अकास्मात उनको शव भेटिनुले घटना पछाडि रहस्य लुकेको सजिलै अनुमान गर्न सकिन्छ । परिवारले शुक्रवारका दिन विदा मागेर आफन्त पर्नेलाई भेटघाटका लागि गएको बताइसकेका छन् । उनै व्यक्तिलाई प्रहरीले सोधपुछ पनि गरिरहेको छ । जो सँग उनको कारोवार पनि थियो भन्ने सूचना बाहिर आएको छ ।

केहि वर्षअघि दुवागडीमा रहेको सिमेन्ट उधोगका म्यानेजरको हत्या भएको थियो । प्रहरीको कमजोरीले अझै पनि हत्यारा को हो भन्ने बाहिर आउन सकेको छैन । त्यस्तै, चारपानेमा एक जना राजवंशी महिलाको हत्या भएको घटना बारे यथार्थ अझै बाहिर आएको छैन । प्रहरीको कमजोरीले नै त्यो घटना बारे यथार्थ बाहिर नआएको चौतर्फी चर्चा छ । प्रमाण नपुगेर नै बाहिर ल्याउन नसकिएको हो भने के सम्म प्रगति भएको थियो ? त्यसलाई बाहिर ल्याउनुपर्नेमा अझै घटना गुपचुप छ । यसैले यो घटनामा प्रहरीले अनुसन्धानलाई तीब्र बनाएर दोषी पत्ता लगाई यथार्थ बाहिर ल्याउन ढिलाई गर्न हुदैन । ढिलाई गरेमा व्यवसायी थप आतंकित बन्ने अवस्था आउन सक्छ ।

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]