जेष्ठ ६, २०८१ आईतबार

सुरुङामा पार्किङसहितको व्यापारिक भवन बनाइने

सिएम शर्मा

कनकाई । सुरुङा बजारमा रहेका पुराना टहरा भत्काइने भएको छ । नगरपालिकाले सुविधा सम्पन्न व्यापारिक महल बनाउने भएपछि टहरा भत्काइने भएको हो ।
साविक सुरुङा गाविसले निर्माण गरेको संरचनालाई भत्काएर नगरपालिकाले अत्याधुनिक भवन निर्माणको प्रारम्भिक तयारी गरेको छ । हाल सुरुङामा दुइवटा बजार सञ्चालनमा रहेका छन् । पुरानो बजारलाई भत्काएर बनाउन लागिएको भवन अन्डर ग्राउण्ड पार्किङसहितको हुने नगरपालिकाले जनाएको छ ।

३४ करोडको लागतमा बनाउन लागेको सो संरचनाका लागि नगर विकासले सहयोग गर्ने बताइएको छ । नयाँ र पुरानो दुवै भवन भत्काएर बनाइने व्यापारिक महलमा दुई पाङग्रे ७५ वटा र ४ पाङग्रे ५० वटा सवारी पार्किङको क्षमता हुने बजार व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद खरेलले जानकारी दिए । वर्खायाम शुरु भएकाले निर्माणको कामलाई पछि सारिएको बुझिएको छ । सर्वेक्षण सहित माटो परिक्षणको काम सम्पन्न भइसकेको अध्यक्ष खरेलको भनाई छ । उनका अनुसार व्यापारिक भवन अन्तराष्ट्रियस्तरको हुने छ । अध्यक्ष खरेलले तिन महिनाभित्र अहिले व्यवसाय गरिरहेका व्यवसायीको व्यवस्थापन गरेर निर्माणको काम थालिने जानकारी दिए । जानकारी अनुसार दोस्रो तलासम्म बुकिङ समेत भइसकेको छ ।

जिल्लाको राम्रो बजार मानिएको सुरुङामा बन्न लागेको व्यापारिक भवनले सो क्षेत्रको व्यापारमा समेत उल्लेख्य वृद्धि हुने विश्वास गरिएको छ । करिव १ सय २५ व्यवसायी रहेको पुरानो बजारमा भवन बनेपछि व्यवसायीलाई सुविधा हुने कनकाई उधोग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए । व्यवसायीलाई सुविधासहित व्यार गर्नुछ,पाखरेलले भने – राज्यको सुविधा सम्पन्न भवनमा व्यापार गर्न पाउनु व्यवसायीको लागि उत्साह हो । भवन ५ तले बनाउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  २ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]