Banner news

कनकाईमा धानको कुन्यूमा आगजनी, १८ कठ्ठाको धान नष्ट

कनकाईमा धानको कुन्यूमा आगजनी, १८ कठ्ठाको धान नष्ट


बिर्तामोड – झापाको कनकाई नगरपालिका–९, पशुहाट उत्तरमा राखिएको धानको कुन्यूमा अज्ञात समूहले आगजनी गरेको छ।

स्थानीय महबुब आलमले व्याजमरनीमा जमिन लिएर खेती गरेका थिए। उनले थन्काउन राखेको धानको कुन्यूमा गए राति अज्ञात व्यक्तिले आगो लगाएका हुन्। आगजनीबाट १८ कठ्ठा जमिनमा उत्पादित धान पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगो कसले र किन लगायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

शेयर गर्नुहोस :

162
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu