जेष्ठ ६, २०८२ सोमबार

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् ।

संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाए । राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्य आजै आफ्नो गाउँ इनरूवा जाने बताइएको छ । आचार्यको मुख्यमन्त्री नियुक्तिको तयारी हुँदै गर्दा उनका भाइ राम्रप्रसाद घरमा मृत भेटिएका थिए । भाइको अन्तिम संस्कारका लागि उनी घर जान लागेका हुन् ।

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  २ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]