जेष्ठ ५, २०८१ शनिबार

सुकुम्बासी बस्तीमा को पस्यो ?

सम्पादकीय

झापाको बिर्तामोडस्थित पश्चिम बसस्टेण्ड नजिकै रहेको उत्तरपट्टिको जग्गामा एकाएक संरचना निर्माण शुरु भयो । जग्गाधनीहरु संरचना निर्माणबारे वेखवर थिए । संरचना बनेका ठाउँमा पुग्दा जग्गा धनीहरुलाई उल्टै आफ्नो जग्गा भन्दै एक समूहले चकित बनायो । त्यसपछि जग्गा रोक्काको माग गर्दै मुद्धामामिला शुरु भयो । बस्नेत परिवारको जग्गामा एउटा माफियाको समूहले किर्तेकाइते गरेको पाइयो । मुद्धाअघि बढेपछि दोषी खोज्दा प्रहरीले त्यहि संरचना बनाउनेहरुलाई धमाधम समात्यो । एउटा साधुलाई जग्गाधनी बनाएर आफ्नो नाममा पास गरेको प्रमाण फेला परेपछि उनीहरु त माफिया भएको पुष्टि नै भयो ।

बिर्तामोडको मुख्य सडकसँग जोडिएको जग्गामा माफिया समूहले गरेको साहस अनौठो थियो । भित्र, गाउँघरमा समेत झुक्याउन सकैल सक्दैन । तर, बिर्तामोडको मुख्य सडकसँग जोडिएको जग्गामा यत्रो किर्तेकाइते गर्नु माफिया समूहको ठुलै हिम्मत थियो । उनीहरु केहि कारागारमा छन् , कोहि बाहिर निस्किएका छन् । बिर्तामोडमा त्यो घटना सेलाउन नपाउँदै अर्को यस्तै घटना बाहिर आएको छ । बिर्तामोड –३ को सुकुम्बासी बस्ती हटाउन दवाव शुरु भएको खवर बाहिर आएको छ । सुकुम्बासी क्षेत्रमा बसोबास गर्नेहरुले न्याय माग्दै वडा कार्यालयमा उजुरी समेत दिएका छन् ।

अदुवा खोला किनारमा रहेको सुकुम्बासी बस्ती २०३० सालदेखि बसेको हो । ४० परिवार बसोबास गरिरहेको सुकुम्बासी बस्तीमा दमकका दुई महिलाले जग्गा दावी गर्दै छोड्न दवाव दिएको कुरालाई सबै नागरिक समाज, राजनीतिक दल, स्थानीय अगुवाले गम्भीर रुपमा लिनुपर्छ । सुकुम्बासी क्षेत्रको जग्गा कसरी व्यक्तिको नाममा गयो । यदि जग्गा त्यहि दमकका व्यक्तिको नाममा पास गरिएको छ भने कसरी पास भयो ? त्यसको सबै आवश्यक प्रमाण खोज ीगर्न आवश्यक छ । कतै, त्यहाँ पनि माफियाको चलखेल त भएको छैन ? सबैको ध्यान जाओस् ।

प्रकाशित मिति : आश्विन २१, २०७८ बिहीबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]