जेष्ठ ५, २०८१ शनिबार

किसानलाई राहत देऊ

सम्पादकीय

मौसम विभागको अनुमान भन्दा उल्टो गरि मौसल बदलियो । जसका कारण अहिले किसानको खेतबालीमा बाली विग्रिएको छ । खासगरी धानबालीमा ठुलो क्षति पुगेको छ । ऋणपान गरेर खेतीपाती गरेका धेरै किसानको अवस्था विल्लीबाठ हुने भएको छ । झापामा पनि किसानले बेमौसमी वर्षाका कारण ठुलै क्षति व्यहोर्नु परेको छ । धेरै किसानले धान खेत मै माया मार्नुपर्ने अवस्था छ भने कतिपय किसानले आधा बाली उठाउन सक्ने परिस्थिती छ । किसानको बेहाल जस्तै भइसकेको छ । मुख्य बाली धान नै उठाउन नमिल्ने भएपछि किसानलाई त्यो भन्दा ठुलो अर्को के क्षति हु सक्ला र । तर, सरकार मौन छ ।

गृह जिल्ला पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले बाढी पीडितको दुख सुन्न समेत मानेनन् । सुनाउन टाढा–टाढाबाट आएका आम नागरिक दुख बोकेरै फर्किए । आफ्नै जिल्लामा वर्षाबाट पीडित नागरिकको दुख नसुनी हेलिकप्टरमा काठमाडौं फर्किएका देउवाले धानवालीको कुरा के सुन्लान् ? अहिले धानवाली माटो मै मिलेको अवस्था छ । झापाको बिरिङ र कनकाईले धानवालीमा ठुलो क्षति पुर्याएको छ । बाली मात्र होइन, जमिन नै प्रयोग गर्न नसकिने बनाएको छ । स्थानीय तहका प्रतिनिधिहरु धानवाली हेर्न किसानको घरघर पुगिरहेका छन् । तर, सरकार किसानको पीडामा बोल्न मानिरहेको छैन ।

कृषि प्रधान देशमा किसानमाथि ठुलो बज्रपात आइपरेको छ । किसानमाथिको यो प्राकृतिक ज्यादती कसैले रोक्न सक्ने अवस्था पनि थिएन । तर मौसम विभागको पूर्व सूचना र सरकारको सतर्कता बेलैमा हुने थियो भने किसानले बाली जोगाउन प्रयास गर्ने थिए । किसानलाई मौसमको पूर्व सूचना दिने व्यवस्था राज्य संयन्त्रले मिलाउनुपर्छ र किसानले पनि मौसलको पूर्व सूचना लिनैपर्छ । विकसित राष्ट्रमा मौसमको पूर्व जानकारी लिएर मात्रै दैनिकी शुरुआत गर्ने गरिन्छ । जसका कारण ठुलो क्षति हुन पाउँदैन । यति मात्र होइन, किसानलाई बीमाका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले प्रेरित गर्नुपर्छ । अहिले किसानले भोगिरहेको पीडालाई अर्थपूर्ण रुपमा सम्बोधन गर्नैपर्छ ।

प्रकाशित मिति : कार्तिक ६, २०७८ शनिबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]