जेष्ठ ५, २०८१ शनिबार

सम्पर्कबिहीन अध्यक्षको खोजी किन भएन ?

सम्पादकीय

झापाको बिर्तामोड–६ कलपत्रु क्षेत्रमा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल सम्पर्क बिहीन भएको डेढ महिना वितिसक्दा पनि खोजीका लागि आवश्यक पहल भएको छैन । खनालको परिवार र सहकारी संस्थाले कुनै पनि निकायमा खोजविनका लागि पहल गरेको पाइएन । नत, प्रहरी मै खोजीका लागि उजुरी गरिएको छ । सहकारी संस्था जोखिमको क्षेत्र हो । अधिकांश आर्थिक क्षेत्रमा यस प्रकारका जोखिम हुन्छन् । सहकारी सिद्धान्त अनुरुप हिड्ने औलामा मात्र गणना गर्न सकिन्छ । नभए, विभिन्न प्रकारका वेथितीले सहकारीहरु गिजलिएका छन् ।

पताल गंगा विगत देखीकै विवादित संस्थाको हो । अहिलेसम्म आइपुग्दा सहकारी खासै फस्टाएको पनि देखिदैन । हिजोभन्दा सुधारका लागि प्रयास गरिए पनि व्यवस्थापकिय कमजोरीले सहकारीमा मनलाग्दी भएको पाइएको छ । संस्थाका अध्यक्ष खनाल आफै व्यवस्थापकको रुपमा कार्यरत थिए । पहिलो कमजोरी नै अध्यक्ष आफै व्यवस्थापक हुनु हो । अध्यक्षले अलग्गै व्यवस्थापन नबनाएका सहकारीहरु खासै सहकारी सिद्धान्तमा चलिरहेको छैनन् । अध्यक्षले आफ्नै मर्जीमा सहकारी चलाइरहेको हुँदा जोखिममा परेपछि भाग्नु वा फरार हुनुको विकल्प हुदैन । खनालले पनि त्यहि रणनिती अपनाएको हुनुपर्छ ।

अध्यक्ष खनालले आफुलाई विभिन्न व्यक्तिको नाममा ऋण निकालेर आफैले चलाएको भेटिएको छ । व्यवस्थापनमा चुस्त नबनाउनु र कर्जा लगानीमा एकलौटी निर्णय गरेपछि खनालमाथि संस्थाभित्रै निगरानी शुरु भएको थियो । जब, निगरानी शुरु भयो त्यसपछि खनाल सम्पर्क बिहीन छन् । उनले संस्थाको ठुलो पैसा कसरी एक्लै झिके ? संस्थाभित्र उनलाई कसको सहयोग थियो ? अहिलेसम्म उनलाई किन छोडियो ? यस प्रकारका अनेकौ प्रश्न उठेका छन् । संस्था भनेको अध्यक्ष होइन । अध्यक्ष नभएपनि संस्था जोगाउनुपर्छ । त्यसका लागि सदस्यहरुको मन जित्नैपर्छ । शंकास्पद विषय नै फेरि पनि अध्यक्षको खोजी नहुनु नै हो ? आखिर , किन अध्यक्षको खोजी नगरेको ?

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]