जेष्ठ ५, २०८१ शनिबार

प्रहरीले सार्वजनिक गरोस्

सम्पादकीय
झापाको बिर्तामोड विकासका दृष्टिले तीब्र गतिमा अघि बढ्दैछ । शहर, बजार बढ्दाको एउटा चुनौति भनेको असुरक्षा नै हो । चाडवाडमा अझै सुरक्षा व्यवस्था मिलाउन समेत हम्मेहम्मे भइरहेको हुन्छ । प्रहरी प्रशासनलाई सुरक्षा व्यवस्था मिलाउन पनि बजार क्षेत्रमा निकै अप्ठ्यारो छ । तथापि, नागरिकको सुरक्षा प्रहरीको कर्तव्य हो । बिर्तामोडमा गत असार महिनामा सिर्जना बस्नेत रहरुसयमय मृत्यु भयो । त्यस घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । सिर्जनाले आत्महत्या गरेको हो ? वा हत्या भएको हो ? यथार्थ, कुरा बाहिर आउन नसक्दा आम नागरिकमा अलमल छ ।

यस्तै, असोज महिनाको २४ गते बिर्तामोडस्थित महानन्द चोकमा एक जना मासु व्यापारीको हत्या भयो । मासु काट्दै गरेको ठाउँमा व्यापारी इन्द्र बहादुर मगरलाई हत्या गरियो । हत्या भएको यत्तिका दिन वितिसकेको छ । चोकमा हत्या भयो । स्थानीय कसैले थाहा पत्तो पाएनन् । प्रहरीले अहिलेसम्म घटनाको गुदी पत्ता लगाएको छैन । जटिल अनुसन्धान भएकाले समय लागेको हुन सक्छ । तर, मगर सामान्य नागरिक नै थिए । उनीमाथि ठुलो शंकाउपशंका गर्ने ठाउँ छैन । वरपर, परिवार र उनका इष्टमित्रमाथि प्रहरीले जोडवलका साथ अनुसन्धान गर्नैपर्छ ।
हत्याहिंसाको घटनामा आम नागरिकको चासो हुन्छ । प्रहरीले के गरिरहेको छ भन्ने जानकारी पाउन नागरिक तह आतुर भइरहेको हुन्छ ।

चाहे सिर्जना बस्नेतको रहस्यमय मृत्यु होस् वा इन्द्र बहादुर मगरको हत्या होस् । दुवै घटना बारे नागरिकको चासो र चिन्ता उत्तिकै छ । समयमै घटना बारे नागरिकलाई जानकारी नदिदाँ प्रहरी विरुद्ध नागरिकको आक्रोस हुन्छ । विश्वास कम हुन्छ । नागरिक र प्रहरी बिचको सम्बन्धमा समेत फाटो आउन सक्छ । यसैले कुनै पनि घटनाको प्रगति सुनाउनु राम्रो हो । यदि सबै घटनालाई गुपचुप बनाइयो भने प्रहरीमाथि नै शंका हुन्छ । यसैले अब यसप्रकारका विषयमा प्रहरीको ध्यान पुगोस् । तिहार नजिक आउँदैछ, त्यो समयमा हुने जोखिमलाई ख्याल गरेर सुरक्षा व्यवस्था मिलाइयोस् ।

प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार  ४ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]