जेष्ठ ५, २०८१ शनिबार

शिक्षक कर्मचारीमाथि निगरानी बढाऊ

सम्पादकीय
झापाको बिर्तामोडमा एक विधार्थीमाथि यौन शोषण भएको घटना बाहिर आएको छ । बिर्तामोडको न्युटन्समा अध्ययनरत छात्रामाथि भएको यौन शोषणको घटना गम्भीर छ । विधालयमा कार्यरत रहदादेखी शिक्षकले विभिन्न बहानामा यौन शोषण गरेको घटना बाहिरियो । सो विधालयमा भदौ महिनासम्मको तलव खाएका अर्जुनधारा – ६ का जितेन बस्नेत अध्ययनका लागि भारत जाने भन्दै विदाई भएका थिए । तर, उनको भित्रि गतिविधिले आफै जोखिम भएर विधालय छोडेको हुन सक्ने अनुमान गर्न सकिन्छ । जो पक्राउ समेत परिसकेका छन् । यस प्रकारको घटना न्युटनसँग दोस्रो पटक जोडिएको छ ।

समाचार बाहिर आएपछि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेको छ । होस्टेल भएका सबै जसो विधालयमा छात्रा असुरक्षित हुने प्रक्रिया समेत आइरहेका छन् । या घटनामा पीडित विधार्थी होस्टेल बस्ने होइनन् । उनलाई परीक्षमा सहयोग गर्ने बहानामा बोलाएर यौन शोषण गरेको अनुसन्धानबाट खुलेको छ । विधार्थीमाथि शिक्षक कर्मचारीको गलत नजर पर्यो भने त्यसले शैक्षिक संस्था र विधार्थीको जीवनमा असाध्यै ठुलो असर गर्छ । बद्मास नियत भएकाहरुलाई मुख लुकाएर हिड्न मिले पनि शिक्षा क्षेत्र र पीडित सामुन्ने समस्यै समस्या हुन्छ । यसैले सबैले सचेत बन्नुपर्छ ।

विधालयमा आफ्ना छोराछोरी पठाएपछि विधालयसँग ठुलो विश्वास हुन्छ । तर, अहिलेको घटनाले विश्वास तोडेको छ । विधालयलाई मात्र विश्वास गर्ने हो भने फेरि यस प्रकारका शोषण भोग्न बालबालिका बाध्य हुने छन् । यसैले विधालय, विधार्थी र शिक्षक समक्ष अभिभावकको निगरानी जरुरी पर्छ । विधालयहरुले शिक्षक कर्मचारीलाई पनि निरन्तर खवरदारी गर्नुपर्छ । यो घटनाले पक्कै शिक्षा मिलेको हुनुपर्छ । अब, ती पीडित बालिकाको न्यायका लागि सबैको सहयोग जरुरी छ । र, विधार्थीले पनि शिक्षक कर्मचारीबाट कुनै किसिमको प्रलोभल आएमा अभिभावकलाई जानकारी दिनपर्छ । अहिले पक्राउ परेका बस्नेतमाथि कानुनी कारबाही होस् ।

प्रकाशित मिति : कार्तिक १३, २०७८ शनिबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]