जेष्ठ ५, २०८१ शनिबार

माछा खानु कि नखानु ?

सम्पादकीय

झापाको बिर्तामोडमा अहिले एउटा विषयले आम माछा उपभोक्ता र किसानलाई तरंगित बनाएको छ । विर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले झापाका अस्पतालहरुबाट उत्पादित मानव सिनो पोखरीमा चारोको रुपमा प्रयो गरिने आसयमा सामाजिक सञ्जालमा व्यक्त गरे । उनले अरुले नै भनेको कुरा लेखेको भन्दै पन्छिसकेका छन् । तर, उनले यत्तिकैमा यो विषयबाट बाहिर निक्सन मिल्दैन । मानव स्वास्थ्यसँग जोडिएको भन्दै उनले सचेतनाको लागि लेख्न मिल्छ । त्यसका लागि सामान्य आधार चाहिन्छ । आधार नभएको, अर्काले गफ गरेको सुनेर लेखेको भन्न छुट पाइदैन । यो गम्भीर विषय हो ।

झापामा पछिल्लो समय माछा उत्पादन र व्यापारिकण राम्रो छ । हल्दिवारी गाउँपालिकाले हल्दिवारीको बाचा, झापाभरि माछाको कार्यक्रम नै बनायो । समग्रमा माछामा झापालाई आत्मनिर्भर बनाउने अभियान चलिरहेको बेला वडाध्यक्ष, जनताको प्रतिनिधिले नै मानव छिनो माछालाई खुवाइन्छ भन्नु गैरजिम्मेवारी अभिव्यक्ति हो । चाहे, कसैले भनोस् । त्यसलाई वडाध्यक्षले आफ्नो सामाजिक सञ्जालमा राखेपछि त्यसको जिम्मेवारी र जवाफदेहि आफै बन्नुपर्छ । माछा मापक किसानलाई ठेस पुराउने काम भएको छ । आम उपभोक्तालाई माछा नै प्रयोग नगर्ने हो कि भन्ने ठाउँमा पुराएको छ ।

यति गम्भीर विषयमा वडाध्यक्षले बोल्दै गर्दा धेरै कुरा सोच्नुपर्ने हो । खासमा चिया पसलमा यस्तो कुरा गर्नेसँग आफुले वास्तविकता बुझ्नुपथ्र्यो । सत्य, हो भने वडाले खोजी गरेर वा प्रशासनलाई जानकारी गराएर कारवाहीको दायरामा ल्याउनुपर्ने थियो । त्यसो नगरि एउटा माछा पालकसँगको आक्रोस पोख्दै गर्दा अन्य किसानलाई पनि सम्झिनुपर्ने हो । आफ्नो आक्रोस् एउटा व्यापारी वा जनप्रतिनिधिसँग होला । त्यसको आवेगमा सबै किसानलाई विवादित बनाउनु अर्को गल्ती हो । यदि कसैले यो काम गरेको छ भने खोजी हुनुपथ्र्यो । कसैले पनि विज्ञप्तिका भरमा गम्भीर मुद्धालाई छायाँमा पार्नु हुदैन । अब, माछा पालक किसान र सुनेको भरमा गम्भीर विषय उठाउने वडाध्यक्षले भन्नुपर्छ ‘माछा खानु कि नखानु ?’

प्रकाशित मिति : कार्तिक २७, २०७८ शनिबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]