जेष्ठ ७, २०८१ सोमबार

विवादित शिक्षक घनश्याम डाँगीलाई हाजिर गराएको भन्दै महेन्द्र माविमा तालावन्दी

बिर्तामोड । अर्कैलाई परीक्षा लेख्न लगाएर कक्षा ११ उतिर्ण गरेको आरोप लागेका घनश्याम डाँगीलाई महेन्द्र मावि बिर्तामोडका अभिभावकले अस्वीकार गरेका छन् । उनलाई बिहीवार सो विधालयका प्रधानाध्यापक खड्ग प्रसाद खरेलले आफुखुशी हाजिर गराएको अभिभावकले जानकारी दिए ।

अर्जुनधारा–६ स्थित लक्ष्मी माविमा लामो समय कार्यरत डाँगीलाई दर्जनौ आरोप लागेपछि उनी सो विधालय छोडेर बाहिरिएका हुन् । उनले आफुमाथि लागेको आरोप झुटो सावित गर्न नसकेपछि विधालय नै छोड्नु परेको थियो । विभिन्न शिक्षक संघ/ संगठनको सहयोगमा महेन्द्र माविमा काज सरुवा मिलाएका डाँगीलाई त्यहाँ अभिभावकले प्रवेश गर्न नदिने अडान राखेका छन् । विधालयको व्यवस्थापन समिति, नगरको शिक्षा समिति र अभिभावक संघको सहमति विना प्रधानाध्यापक खरेलले उनलाई हाजिर गराएको भन्दै महेन्द्र माविमा आज विहान तालावन्धी गरिएको छ ।

र, यो पनि पढ्नुहोस् : परीक्षा हलमा नबसेका सहायक हेडमास्टरले कसरी ल्याए उत्कृष्ट अंक ?

प्रशासन कक्षमा तालावन्दी गरिएको अभिभावक संघका अध्यक्ष छविलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार प्रअले गतल प्रक्रियाबाट हाजिर गराएकोले सो निर्णय नसच्याउञ्जेल तालावन्धी जारी रहनेछ । यता, विधालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम शिवाकोटीले डाँगीको विगत राम्रो नभएकाले विधालयमा उनको प्रवेश हितकर नहुने बताएका छन् । उनले भने, हामीले डाँगीले काम गरेको लक्ष्मी माविको सबै अवस्था बुझेकाले अब यो विधालयमा विधार्थीको भविष्य विगार्न चहान्नौं । एउटा विधालयमा राम्रो छवि नवनाएको व्यक्तिलाई यहाँ प्रवेग गर्न दिनु बेठिक हुनेछ, – अध्यक्ष शिवाकोटीले भने ।

प्रधानाध्यापक खरेलले डाँगीलाई विधालयमा राख्न नचाहेको प्रतिक्रिया दिएका छन् । उनले तत्कालका लागि हाजिर गराए पनि अर्को विधालय व्यवस्थापन हुञ्जेललाई मात्र हाजिर गर्न दिएको स्वीकार गरे । शिक्षा समिति, व्यवस्थापन समितिमा सहमति नभई हाजिर गराएका खरेलले भने, बहुमत सदस्यसँग सल्लाह गरेर हाजिर गराएको हुँ ।

जिल्ला शिक्षा समन्वय इकाईबाट काम काज गर्न दिनु भन्ने पत्रका आधारमा हाजिर गराएका प्रअ खरेलले व्यवस्थापन समिति, शिक्षा समिति र अभिभावक संघलाई वेवास्था गरेको आरोप लागेको छ ।
व्यवस्थापन समितिले प्रअ खरेलले यो कदमलाई नसच्याएमा उनै विरुद्ध आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् । उनीहरुले डाँगीको श्रीमति माया गौतम योग्य रहेकोले हाजिर गराइसकेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : श्रावण २४, २०७६ शुक्रबार  ११ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]