चैत्र ६, २०८० मंगलबार

परीक्षा हलमा नबसेका सहायक हेडमास्टरले कसरी ल्याए उत्कृष्ट अंक ?

बिर्तामोड । विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् ।

विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएको सार्वजनिक भएपछि चौतर्फी शंका शुरु भएको थियो । उनले कक्षा १२ को परीक्षा सेटिङ मिलाएर दिने तयारी गरेपछि उनको निगरानी आम नागरिकले बढाएका थिए । ०७५ सालको उच्च मावि तहमा सहायक केन्द्राध्यक्ष बनेका डाँगीले २।९८ जीपीए ल्याएका थिए ।

आफै सहायक केन्द्राध्यक्ष बनेका उनले परीक्षा लेखेको तत्कालिन निरिक्षकहरुलाई कसैलाई थाहा छैन । परीक्षामा निरिक्षक बसेका एक जना व्यक्तिले भने, उहाँ सहायक केन्द्राध्यक्ष बनेको मात्र थाहा छ । परीक्षा लेखेको थाहा छैन, हामीले देखेका छैनौ ।

सहायक प्रधानाध्यपक डाँगी शनिश्चरे माध्यमिक विधालयका विधार्थी हुन् । गत वर्ष कक्षा ११ उर्तिर्ण गरेका उनले यसपालि कक्षा १२ को परीक्षा लेख्ने तयारी गर्दै थिए । आफुले काम गर्ने विधालयमा केन्द्र पर्ने भएपछि उनले शनिश्चरे माविमा भर्ना गरेका थिए । अघिल्लो वर्ष परीक्षामा निरिक्षक बसेका धेरैसँगको सम्पर्कमा उनीहरुले सहायक प्रधानाध्यापक डाँगीले विधालय भित्र परीक्षा नदिएको जानकारी दिएका छन् । ९सबैसँगको कुराकानी रेकर्ड सुरक्षित छ ।०
कक्षा ११ को नतिजा सार्वजनिक भएपछि उर्तिण भएका ६७ विधार्थी मध्ये डाँगीले प्रथम स्थान हासिल गरेका थिए । परीक्षामा सामेल नभई उत्कृष्ट अंक ल्याएपछि खोजीको विषय बनेको थियो ।
कक्षा १२ को परीक्षा आइतवार देखि शुरु भएको छ । सो परीक्षामा समेत सेटिङ भएको खवर बाहिरिए पछि जिल्ला प्रशासन कार्यलय झापा, प्रहरी प्रमुख र अनुसन्धानको टोली विधालय पुगेको थियो । परीक्षा शुरु हुने दिन बैशाख १५ गते विहानै डाँगी विधालय पुगेका थिए । परीक्षाका लागि प्रश्न पत्र वितरण सकिएपछि उनी घर गएको फुटेज फेला परेको छ । प्राप्त जानकारी अनुसार प्रश्न पत्र लिएर घर जाने र श्रीमतिले परीक्षा लेखिदिने तयारी थियो ।

यो पनि,गुप्ता र डाँगीलाई विधालय छिर्न नदिने संघर्ष समितिको तयारी

डिग्री गरेकी श्रीमतिले परीक्षा लेखेर कपि बुझाउने समयमा विधालय पु¥याउने तयारी भएको सूचना स्रोतले जानकारी दिएका छन् । परीक्षा लेख्ने सेटिङ जिल्ला प्रशासनको टोली विधालय पुगेका कारण भंग भएको छ । गत वर्षका प्रथम विधार्थी यो पटक पहिलो दिनबाटै परीक्षाको कपि नबुझाएका कारण अनुस्थित देखिएका छन् । उनको सिम्बोल नं। २०४०१७३६ हो । विधालय आसपासका अभिभावकले यस्तो योजना जानकारी पाएपछि सञ्चारकर्मीलाई अवगत गराएका थिए । प्रधानाध्यापक गुप्ता गत वर्षका केन्द्राध्यक्ष हुन् । उनकै सहयोगमा डाँगीले सबै खाले गतिविधि गर्दै आएका छन् । गुप्ताले लामो समयदेखि विश्वास पात्रकै रुपमा लिएका एक जना शिक्षकले आन्तरिक सूचना बाहिर ल्याउन थालेपछि विधालयभित्रको गोप्य घटना बाहिर सार्वजनिक हुन थालेको छ ।
एसएलसी उर्तिण गरेका डाँगीको विधालयमा योग्यता १०ंंंंंं२ लेखिएको छ । उनी विधालयका सहायक प्रधानाध्यापक हुन् । एसएलसी गरेका सहायक प्रधानाध्यापक डाँगी भन्दा तल्लो तहमा डेढ दर्जन डिग्री गरेका शिक्षक छन् । विधालयमा गंगाराम भट्टराई, रेनुका ढुङगेल, सिर्जना रोक्का, कमल ढुङगेल, रोहित गिरी, कुमारी भण्डारी, संगिता खरेल, माया गौतम र कुमार सुवेदी लगायत छन् । यसबारे एक जना शिक्षाविद्ले भनेका छन्, यहाँ पढेर मात्र हुन्न । पहुँच हुनेले योग्यता भएका जनशक्तिलाई पनि अवसरबाट बञ्चित गराइदिन्छन् ।
विधालयको कार्यलयभित्र शिक्षक विवरणमा डाँगीको नाम दोस्रो नम्बर राखिएको छ । यो घटनाबारे अुसन्धान शुरु भएपछि राखिएको बोर्ड आइतवार नै हटाइएको एक शिक्षकले जानकारी दिए । कार्यालयमा योग्यता सहितको विवरण राखिएको थियो । गत वर्षको परीक्षामा केन्द्राध्यक्ष , सहायक केन्दाध्यक्ष र निरिक्षक बसेका समेतको विवरण विधालयमा भेटिएको छ ।
यस घटनाबारे प्रधानाध्यापक गुप्ता र सहायक प्रधानाध्याक डाँगीले व्यवस्तता देखाउँदै प्रतिक्रिया समेत दिन मानेनन् । प्रतिक्रिया लिन खोज्दा झर्कोफर्को गर्दै आएका छन् ।

प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]