बैशाख १८, २०८१ मंगलबार

ओमचोक क्षेत्रबाट अवैध काठसहित दुई जना नियन्त्रणमा

बिर्तामोड । प्रहरीले अबैध सखुवा जातको काठसहित गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आज सवा ४ बजे अर्जुनधारा ५ ओमचोकस्थित मे १ च २९५० नम्बरको गाडीलाई शनिश्चरेबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा काठ बरामत गरेको हो । गाडीमा ८३ थान चौकट र २ थान झ्यालको पल्ला (सखुवा जातको) परालले छोपी ल्याउदै गरेको अवस्थामा फेला पारिएको झापा प्रहरीका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

बरामद काठ, गाडी र गाडी चालक बुद्धशान्ति–२ जयपुर बस्ने बर्ष ३० को कुमार बोहोरा र सह–चालक ५२ वर्षीय बालकृष्ण गौचनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी मार्फत आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सुरुङ्गामा पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]