बैशाख १८, २०८१ मंगलबार

विश्वप्रकाशको विद्रोह : देउवा छोडेर प्रकाशमानको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी

काठमाडौं : सभापति शेरबहादुर देउवासँग व्रिदोह गरेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्यानलबाट सुजाता कोइरालाले उपसभापति उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । प्रवक्ता शर्मा लामो समय सभापति देउवाको समूहमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले अन्तिम समयमा देउवा समूहमा अटाउन सकेनन् ।

कृष्णप्रसाद सिटौला निकट प्रदीप पौडेललाई देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि शर्माले सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]