बैशाख १८, २०८१ मंगलबार

एमालेका जिल्ला अधिवेशन पुष २३ गते, प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय

काठमाडौं । १० औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको मिति तय गरेको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले २३ पुसमा जिल्ला अधिवेशन तथा ८ माघमा सात प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

भक्तपुरस्थित जर्मन हाउसमा बसेको बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन गर्ने एजेन्डामा उल्लेख गरे पनि सो भने आज सम्भव नभएको एमालेले जनाएको छ । बैठक आइतबार पनि जारी रहनेछ ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]