जेष्ठ ६, २०८१ आईतबार

फोहोर संकलकलाई दिऊ

सम्पादकीय
झापाको बिर्तामोडमा फोहोरको मुद्धा बेलाबेला उठिरहन्छ । यहाँका जनप्रतिनिधि र कर्मचारीलाई सर्वसाधरण नागरिकले उठाउने साझा प्रश्न नै फोहोर व्यवस्थापन हो । फोहोर व्यवस्थापन यहाँको नयाँ विषय होइन । तर, हरेक कार्यक्रममा यो प्रसंग उठिरहन्छ । बिर्तामोड नगरपालिकाले आयोजना गरेका सार्वजनिक सुनुवाई कार्यक्रममा पनि फोहोर व्यवस्थापनको विषय उठेको थियो । नगरका जनप्रतिनिधिलाई पनि फोहोर व्यवस्थापन टाउको दुखाई नै भइरहेको छ । व्यवस्थापन गर्न खोज्दा पनि अवरोध हुन्छ । नगर्दा, आफैलाई फोहोर । यसको व्यवस्थापनका लागि निजी कम्पनीलाई ठेक्का दिइएको छ ।

काठमाडौंको निराकार नामक कम्पनीले फोहोर उठाउने जिम्मा लिएको छ । बजारमा फोहोर उठाउने ट्याक्टर घुमिरहेको देख्न सकिन्छ । कम्पनीका अनुसार नियमित फोहोर उठाउने काम चलिरहेको छ । बिर्तामोडमा मान्छेको फोहोर मानसिकताका कारण फोहोर समेत लजाइ रहेको होला । बिहान र बेलुका गाडिमा आएर चोक क्षेत्रमा फुत्त फोहोरको पोको फाल्नेहरु सबैभन्दा फोहोरी हुन् । उनीको मानसिकता फोहोरी भएकै कारण बिर्तामोड सफा हुन नसकेको हो ।

फोहोर संकलन गर्दै ट्याक्टर आउँछ । त्यसमा फोहोर व्यवस्थित रुपमा दिन सकिन्छ । त्यसले व्यवस्थित रुपमै व्यवस्थापन पनि गरिदिन्छन् । तर, रात बिहान गरेर फालिने फोहोर कुकुरले छरपस्ट बनाउछ । एक ठाउँको फोहोर अर्को ठाउँमा लगेर छरपस्ट बनाउदा कस्तो हुन्छ ? मनपरी तरिकाले यहाँका व्यापारीहरु फोहोर फालिदिन्छन् । अझ, होटल व्यवसायीहरुको लापरबाही हद् हुने गरेको छ । अब, सबैले फोहोर व्यवस्थित रुपमा संकलकलाई दिऊ । जथाभावी फोहोर फाल्ने काम बन्द गरौं । बिर्तामोडमा फोहोर घटाउने हो भने सर्वप्रथम प्लाष्टिकको प्रयोग नगरौं ।

प्रकाशित मिति : पुष १, २०७८ बिहीबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]