असार ३, २०८१ आईतबार

एमाले जनवर्गीय संगठनलाई प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन

काठमाडौं – नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।

बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको संयन्त्रको पहिलो बैठकले संयन्त्रका संयोजक भानुभक्त ढकालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदल सदस्यहरूमा रचना खड्का, गोकुल बाँस्कोटा, महेश बस्नेत, पार्वत गुरूङ, माधव ढुंगेल र विष्णु रिजाल रहेका छन् ।

कार्यदलले जनसंगठनका पदाधिकारी कति जना रहने  ? जनसंगठनमा काम गर्नेहरूको पार्टीमा अवस्था के हुने ? जनसंगठनबाट बिदा भएकाहरू पार्टी काममा पुगेका छन् वा छैनन् र नभए कसरी पुर्‍याउने ? भन्ने विषयमा छलफल गरेर मोर्चा संयन्त्रको बैठकमा सुझाव पेस गर्ने छ ।  सोही सुझावका आधारमा फागुनसम्ममा जनसंगठनहरूले अधिवेशन र सम्मेलन सम्पन्न गर्नुपर्नेछ ।

संयन्त्रको बुधबारको बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू उपस्थित रहेका थिए । बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयअनुसार फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजना गर्नका लागि आ-आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय पनि गरेको जनाएको छ ।

प्रकाशित मिति : पुष ७, २०७८ बुधबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]