बैशाख १३, २०८१ बिहीबार

बिएण्डसीद्वारा खोरमा थुनिएका ९ वर्षीय बालकको उद्धार

इजलास समाचार प्रभाव

बिर्तामोड । बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाललाई उद्धार गरेको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार विहान उद्धार गरिएको हो ।

बिएण्डसी अस्पतालका डाक्टरहरुसहित बालकको घर पुगेका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेर उपचार शुरु गर्ने घोषणा गरे । उनले तत्कालै उद्धार गरेर एम्बुलेन्स मार्फत बालकलाई अस्पताल ल्याएका छन् । उनको उपचार शुरु भइसकेको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

गत हप्ता बालकको समाचार इजलास दैनिकले पहिलो पटक प्रकाशन गरेको थियो । सोही समाचार प्रभावले बालकको उद्धार गरिएको बताइएको छ । स्थानीय अगुवा युवा कमल पोखरेलले बालक खोरमा बस्दै आएको सूचना इजलासलाई दिएका थिए ।

जन्मजात मुर्छा पर्न थालेको छोराले सानैदेखि दुःख व्यहोरेको आमा पम्फाले सुनाइन् । घर र खेतवारीमा काम गर्नकै लागि छोरालाई खोरमा राखेको उनले सुनाइन् । बुवा गुप्तबहादुर छोराको उपचारका लागि सँगै हस्पिटल गएका छन् । बालक एक्लै बस्ने, कसैसँग नबोल्ने, रिस उठ्दा आफैँले आफैँलाई कुट्ने, अनुहार कोतार्ने, भित्तामा टाउको ठोकाउने, घरदेखि बाहिर निस्केपछि फर्किएर नआउने, साथीभाइसँग नबस्नेलगायत आनीबानी रहेको बुवा गुप्तबहादुरले बताए ।

बसन्तलाई घर नजिकै आमा बुवाले देख्ने गरि खोर बनाएर राखिएको थियो । उनलाई खानपिन आमाले गराउदै आएका थिइन् । सामान्य आर्थिक अवस्थाका दाहाल परिवारले उनको उपचारका लागि मेची अस्पतालमा १५ दिन राखे । केहि वर्षअघि उनीहरुले मेची अस्पतालपछि सिलिगुडीस्थित डाक्टर मन्त्रीसम्म पुगे । छोरामा केहि सुधार नभए पछि अहिले घरमै राखिरहेका छौं, बुबा गुप्त बहादुरले थपे । विहान ६ बजेदेखि उनलाई खोरमा राखेर काम गर्ने गरिन्छ, उनकी आमाले भनिन् । रातीसँगै सुताए पनि दिनभर काम गर्न थुन्नै पर्ने बाध्यता छ । उनीहरु छोराको उपचार संभव नहुने भन्दै चुपचाप बसेका थिए ।

र, यो पनि पढ्नुहोस् अर्जुनधाराका ९ वर्षीय बसन्त : खोरमा बित्दैछ बालापन

प्रकाशित मिति : पुष २३, २०७८ शुक्रबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]