जेष्ठ ६, २०८१ आईतबार

झापा कांग्रेसले गठबन्धन बाहिर पनि तालमेल गर्ने

बिर्तामोड । नेपाली कांग्रेस झापाको पदाधिकारी बैठकले गठबन्धन दलको सहमतिमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्धन गरेबाहेकका दललाई पनि समावेश गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र प्रदेश नं – १ का सभापति उद्वव थापा एवं पूर्व केन्द्रीय सदसय सुधिरकुमार शिवाकोटीको विशेष उपस्थितिमा भएको बैठकले गठबन्धनको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।
क्षेत्रीय सभापतिहरु समेतको सहभागिताका सम्पन्न बैठकमा गत २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारका आधारमा चुनावी तालमेल गर्न ब्यावहारिक हुने विषयमा छलफल भएको छ ।

बैठकले केन्द्रबाट अर्को परिपत्र नआएसम्म सबै तहको उम्मेद्वार सिफारिस प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन गरेको छ । आकांक्षी उम्मेद्वारहरु बीचमा छलफल गराई सहमतिको वातावरण बनाउन क्रियाशील रहन भने बैठकले मातहत निकायलाई निर्देशन गरेको हो ।
बैठकमा प्रदेश प्रतिनिधि नन्दकुमार नेम्बाङ, उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, ढुण्डिराज भण्डारीलगायतको सहभागी थिए ।

प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]