जेष्ठ ६, २०८१ आईतबार

एमालेबाट उम्मेद्वार छान्न झापाका ८ पालिकामा आन्तरिक चुनाव, अन्यमा छलफल जारी

बिर्तामोड । नेकपा एमाले झापाले उम्मेद्वार सिफारिसका लागि ८ पालिकामा निर्वाचन गरेको जनाएको छ । निर्वाचन परिणाम र स्थानीय विश्लेषणका आधारमा मात्रै प्रदेश कमिटीलाई उम्मेद्वारको नाम सिफारिस गरिने बताइएको छ ।

मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षका उम्मेद्वारका आकांक्षी धेरै भएका ठाउँहरुमा शुक्रवार आन्तरिक चुनाव गरिएको छ । मेचीनगर, बुद्धशान्ति, भद्रपुर, बिर्तामोड, कनकाई, झापा गाउँपालिका, शिवसताक्षी र कमल गाउँपालिकामा उम्मेद्वार सिफारिसका लागि आन्तरिक चुनाव भएको हो ।

अन्य ७ पालिकामा सर्वसम्मतका लागि आवश्यक छलफल भइरहेको पार्टीका जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनले आन्तरिक चुनावको मत परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । आन्तरिक चुनावको परिणाम आवश्यकताका आधारमा सम्बन्धित कमिटीलाई मात्रै जानकारी दिइने बुझिएको छ ।

चैत २७ गतेसम्म जिल्लाका सबै पालिकाले जिल्लालाई उम्मेद्वार सिफारिस गरिसक्नुपर्ने ढुङ्गेलको भनाई छ । सचिव ढुङ्गेलले पालिकाबाट सिफारिस भएको नाममा थप छलफल गरेर २९ गते बस्ने जिल्लाको बैठकले प्रदेश कमिटीलाई सिफारिस गर्ने जानकारी दिए ।
प्राप्त सूचना अनुसार मेचीनगरमा गोपाल बुढाथोकी, बुद्धशान्तिमा मिरा भुर्तेल, कनकाईमा राजेन्द्र पोखरेल, शिवसताक्षीमा रोशन थोप्रा, भद्रपुरमा असारु राजवंशी, बिर्तामोडमा पवित्रा महतरा र झापा गाउँपालिकामा गजेन्द्र ताम्लीले पहिलो मतभार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]