बैशाख १५, २०८१ शनिबार

गठबन्धनका उम्मेद्वार पराजित गर्दै भद्रपुर १ मा एमालेको प्यानलै विजयी

बिर्तामोड । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर– १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार रामप्रसाद अधिकारीसहित सबै सदस्यहरु निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू, महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा रहेका छन् ।

झापामा भद्रपुरबाट एमालेले खाता खोलेको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]