बैशाख २०, २०८१ बिहीबार

मतदाताबाट गठबन्धन अस्वीकृत

सम्पादकीय
देशभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । सबै पालिकामा भइरहेको मतगणनाले धमाधम परिणाम समेत सार्वजनिक गरिरहेको छ । झापामा ४० भन्दा धेरै वडाको मत परिणाम सार्वजकि भइसकेको छ । गठबन्धनले एमाले विरुद्ध बनाएको मोर्चाबन्दीको उद्देश्य अनुरुप परिणाम प्राप्त भइरहेको छैन । गठबन्धन गरिएको ठाउँमा बागी उम्मेद्वारले राम्रो परिणाम हात पारेको घटना छन् । झापाको १५ स्थानीय तहको १३१ वडामध्ये ४० भन्दा बढि वडाको मत परिणाममा कांग्रेस अगाडि छ भने एमाले दोस्रो छ । गठबन्धनभित्र रहेको अन्य दल एमालेभन्दा पछि परेका छन् ।

मंगलवारबाट प्रतिनिधिसभाको बैठक चालु भएको छ । लामो समयदेखिको अवरुद्ध प्रतिनिधिसभालाई एमालेले सहज बनाइदिएको छ । अर्थात, प्रतिनिधिसभा अवरुद्ध गर्ने एमालेले बैठक सञ्चालनको वातावरण बनाएको छ । बैठकमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता प्रदीप ज्ञवालीले एमालेको माग अदालतले पुरा गर्न नसकेको भए पनि जनताले पुरा गरिदिएका कारण प्रतिनिधिसभा सञ्चालनका लागि बाटो खोलेको अभिव्यक्ति दिए । एमालेले कारवाही गरेका सांसद विरुद्ध अदालतले फैसला नसुनाए पनि उनीहरुलाई निर्वाचनमा जनताले कारवाही गरेको अभिव्यक्ति थियो ।

स्थानीय निर्वाचनमा आम मतदाताले पार्टी नहेरी स्वतन्त्र रुपमा मतदान गर्ने कुरा सर्वस्वीकार्य छ । बैशाख ३० मा भएको निर्वाचनमा पनि मतदाताले स्वतन्त्र रुपमा जनप्रतिनिधि छनौट गरेको स्पष्ट छ । अहिलेसम्मको परिणामले पनि त्यस्तै देखाएको छ । कांग्रेस, माओवादी, नेकपा समाजवादी, जसपासहितको गठबन्धनले सबै मत गठबन्धनलाई आउने अपेक्षा गरेको थियो । दलहरुबिच गठबन्धन हुँदा मतदाता पनि एकै ठाउँ उभिन्छन् भन्ने धारणा अन्ततःगलत सावित भइसकेको छ । यो निर्वाचनमा मतदाताले गठबन्धनलाई अस्वीकृत गरेको सन्देश दिएका छन् । दलहरुको मुल्याङकन गरेरै मतदाताले मत दिएको हुनुपर्छ । गठबन्धन गर्दा सामान्य प्रभाव देखियो । त्यहि प्रभावले गर्दा कांग्रेसले सबैभन्दा धेरै सिट जितिरहेको छ । फेरि, त्यहि गठबन्धनमा माओवादी र समाजवादीलाई ठुलो धोका भएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]