जेष्ठ ५, २०८२ आईतबार

जनरल इन्स्योरेन्सले दियो मनषा थाइफुड्सलाई ५ करोड ५० लाख

झापा । पाँच महिनाअघि आगलागी भएर ध्वस्त भएको चाउचाउ उत्पादक कम्पनी मनषा थाइफुड्सलाई जनरल इन्स्योरेन्स कम्पनीले बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीका बिर्तामोडका मेनेजर द्रोणराज भट्टराई (राजेश ) ले पाँच करोड ५० को चेक हस्तान्तरण गरेका हुन् ।

उद्योगका सञ्चालक ओमप्रकाश अग्रवाललाई बीमा बापत पहिलो पटकको रकम हस्तान्तरण गरिएको जनरल इन्स्योरेन्स बिर्तामोडले जनाएको छ । अहिले हस्तान्तरण गरिएको रकम क्षतिपूर्तिको पेश्की बापतको भएको प्रमुख भट्टराईले बताए ।

झापा मेचीनगर नगरपालिका –१४ दुवागढीमा रहेको मनषा चाउचाउ उद्योगमा गत माघ २९ गते आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको थियोे । आगलागीबाट ४३ करोड २५ लाखको क्षति भएको दाबी गरिएको छ । मनषा थाइफुड्स पूर्वकै ठूलो र झापाको एकमात्र चाउचाउ उद्योग हो । मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका चाउचाउ उत्पादन गर्दै आएको थियो ।

प्रकाशित मिति : असार १२, २०७९ आईतबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]