जेष्ठ ५, २०८२ आईतबार

अबको राजनीति आयआर्जनसँग जोडिनुपर्छ : डा. लक्सम

बिर्तामोड । योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष डा. पूर्णकुमार लक्समले अबको राजनीति आयआर्जनसँग जोडिएन भने देश अत्यन्तै नाजुक ढंगबाट फस्ने बताएका छन् ।

बिर्तामोडमा आयोजित परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समितिसँग भएको अन्तरक्रियामा आयआर्जन र समृद्धिका विषयलाई लिएर उक्त कुरा बताएका हुन् ।

हामीले संविधानमा समाजवाद उन्मुख देश भनेर त लेख्यौं तर, समाजवादभित्र समृद्ध बन्ने योजना चाहि ल्याउन नसक्दा मुलुक संकटको घडीमा फस्दै गरेको अवस्था छ । त्यसैले आयआर्जनका बाटोहरु पहिल्याउनु पर्ने बताए । नेपालका राजनीतिक दलले समृद्धिका ढोका खोल्न नसकेको धेरै उदाहरणहरु छन् । शिक्षित र दिक्षित युवा शक्तिहरु विदेशी परजीविभएर हिंडेको हुँदा त्यस्ता युवाहरुलाई स्वदेशमा नै प्रयोग गर्न सके देशले नयाँ मोड लिने देखिन्छ ।

प्रवद्र्धन समितिले घरेलु मदिरालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना अत्यन्तै राम्रो र राज्यलाई सहयोग पुग्ने सन्देश हो । तर मदिरा ऐन ३१ र नियमावली३२ ले केही प्रावधानमा अवरोध सिर्जना भएको हुँदा त्यसलाई फुकाउन दललाई झकझकाउनुपर्ने र घरेलु रक्सीबाट देशलाई हुने फाइदाका विषयमा चर्चा गर्नुपर्न बताए ।

प्रदेश सरकारले प्रदेशको आयस्तरलाई अगाडि बढाउन घरेलु कोदोको रक्सीको कार्य नीति निर्माण गरेको छ त्यसलाई आय स्रोतको रुपमा उभ्याउन प्रदेश स्तरीय समिति निर्माण गरेर अगाडि बढ्ने समेत जानकारी दिए । सोही समयमा डा. लक्समलाई प्रर्वद्धन समितिले सम्मान समेत गरको थियो ।

प्रवद्र्धन समितिका अध्यक्ष टेक खजुमको सभापतित्वमा भएको कार्यक्रममा बुद्धिजीवि देश वनेम, महिला नेतृ सरस्वती सिंघक, शान्ता तामाङ, दिलकुमार नेम्वाङ, बिरेन मेचे, एलपी पालुङ्वालगायतले डा. लक्समसँग जिज्ञासा राख्दै आर्थिक आयआर्जनमा अगाडि बढाउन प्रवद्र्धन समिति प्रदेश सरकारलाई सहयोग गर्ने समेत बताए ।

अन्तरक्रियापछि समितिले विभिन्न समिति समेत निर्माण गरेको छ भने प्रदेशस्तरीय प्रवद्र्धन समितिलाई फराकिलो बनाउन इलाम जिल्लाबाट साधना फागो, गीतायाम्फु राई, मोरङबाट शान्ता तामाङ, संखुवासभाबाट नर्बु शेर्पा, सुनसरीबाट जेन्टल लावती, झापाबाट हरि मुनिया धिमाललाई मनोनयन गरेको छ ।

उक्त समितिले प्रदेश स्तरीय राजनीतिक दलसँग अन्तरक्रिया गर्दै काठमाण्डौका बुद्धिजीवि, जातीय संगठनका प्रमुख, अर्थविद्सँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]