बैशाख २३, २०८१ आईतबार

दमकका नगर प्रमुख थापाको पूर्ण समर्थन एमालेलाई

दमक । दमकका नगर प्रमुख राम थापाले नेकपा एमालेका उम्मेदवारलाई पूर्ण समर्थन गर्ने भएका छन् । स्थानीय तहमा गरेको गठबन्धन तोड्दै थापाले एमालेका उम्मेदवालाई समर्थन गर्ने जनाएका हुन् ।

झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यमा केपी शर्मा ओलीसहित प्रदेश (क) मा हिक्मत कार्की र (ख) मा होमबाहदुर थापाको जीत निश्चित भएको छ ।

यसै पनि एमाले बलियो रहेको क्षेत्रमा राप्रपाको समर्थन र दमकमा राप्रपा नेता एवम् दमक नगर प्रमुख राम थापाको सहयोग रहनेछ । थापाले उम्मेद्बारी मनोनयनको क्रममा अग्रीम बिजयको शुभकामना दिदै जीत भइसकेको सन्देस सहित फुलमाला लगाइ दिएका छन् ।

एमालेले राप्रपासँग तालमेल गरेपछि गठबन्धनका उमेद्वारहरुले हारको मानसिकता बनाइसकेका छन् । स्थानीय तहको निर्वाचनको गठबन्धन तोडिएको छ ।

प्रतिनिधिसभा सदस्यमा अन्तिम समयसम्म माओबादी केन्द्रका नेता रन्जित तामाङको नाम आए पनि उनलाइ टिकट नदिएका कारण माओबादीका पुराना नेता तथा कार्यकर्ता र युवा रिसाएका छन् ।

सच्चा माओबादी र युद्ध लडेकाहरुलाई पन्छाएर स्वार्थको लागि मरिहत्ते गर्नेहरुलाइ टिकट दिने काम हुनु निर्लज्ज हो, एक स्थानीय माओबादी नेताले भने ।

कांग्रेसभित्र पनि असन्तुस्टी रहेको छ । हामी बलियो हुँदाहुदै कमजोर र जनाधार नभएको पार्टीलाई टिकट दिनु राम्रो थिएन, कांग्रेसका स्थानीय नेता कार्यकर्ताको भनाइ छ । एमालेका उमेदवारहरुलाई टीका लगाइदिदा हुन्छ, कांग्रेसका एक स्थानीय नेताले भने ।

प्रकाशित मिति : आश्विन २४, २०७९ सोमबार  ११ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]