जेष्ठ ६, २०८१ आईतबार

मतदातालाई भाषण होइन, भिजन सुनाऊ

सम्पादकीय
दशैं तिहारको विदाईसगैं उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । चाडवाडको रौनक भए पनि उम्मेदवारहरु र दलका नेतालाई चुनावी चटारो छ । सबै दलका उम्मेदवारहरु अहिले भेटघाटमा व्यस्त छन् । दलहरु घोषणापत्र सार्वजनिकमा लागेका छन् भने उम्मेदवारहरु गाउँगाउँ अभियान लिएर पुगिरहेका छन् । गाउँ घरमा पुग्ने उम्मेदवारहरु मतदातालाई आफ्ना कुरा सुनाइरहेका छन् । निर्वाचन आयोगले तोकेको समयभन्दा अगाडि निर्वाचन प्रचार प्रसार गर्न पाइदैन । तर, उम्मेदवारहरु आफ्ना कार्यकर्तालाई भेट गर्ने बहानामा मतदातालाई पनि भेटिरहेका छन् ।

मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार भएका व्यक्तिहरु कार्यकर्ताहरुका भाषण मार्फत मत मागिरहेका छन् । मत माग्ने उम्मेदवारहरुसँग ठोस् योजना सुन्न पाइदैन । उनीहरु विगतका क्रान्ति र परिवर्तनका परिघटनाहरु सुनाइरहेका हुन्छन् । अहिलेको पुस्ता र मतदातालाई विगतको क्रान्ति र परिवर्तनहरु प्रायःथाहा छ । तर, उम्मेदवारहरुको भाषणको अधिकांश समय त्यसैमा वितिरहेको छ । यसरी उम्मेदवारले मतदातालाई प्रभावित पार्न सक्दैनन् । त्यस प्रकारको भाषणले मतदाता दिक्क भइसकेका छन् ।

हरेक पार्टीका उम्मेदवारले अब मतदातासँग विकास योजना बारे सुनाउनुपर्छ । ठोस विकासको योजना सुनाएर उम्मेदवारले भोट माग्न जरुरी छ । अहिलेको भाषण बकवास जत्तिकै छ । त्यसरी होइन, कम्तिमा आफ्नो निर्वाचन क्षेत्रलाई कस्तो बनाउने योजना छ । त्यसबारे आफ्नो योजना कार्यकर्ता र मतदाता समक्ष राख्नुपर्छ । मतदातालाई चाहिएको विकास हो । नेताको भाषणले दिक्क भएका मतदातालाई संभव सपनाहरु सुनाउनुपर्छ । क्षेत्रको विकास र देशको समृद्धिबारे मतदातालाई बुझाएर मत मागौं । गठबन्धन जस्तो अर्को पार्टीको नेताहरुलाई गाली गरेर मात्र निर्वाचनमा जीत हासिल गर्न सकिदैन ।

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]