जेष्ठ ६, २०८१ आईतबार

अपांगतामाथि बदलौं दृष्टि

सम्पादकीय
आज विश्वभर अपांगता दिवस मनाइदैछ । अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि संयुक्त आवाज उठाउने गरि दिवसको आयोजना गरिदैछ । नेपालमा अपांगता भएका व्यक्तिहरुमाथि अझै पनि सामाजिक विभेद छ । उनीहरु समाजका लागि केहि होइनन, केहि गर्न सक्दैनन् भन्ने दृष्टिकोण बनाइएको हुन्छ । शारिरीक रुपमा अपांगता भएका व्यक्तिहरु मानसिक रुपमा अब्बल पनि छन् । शिक्षा हासिल गरेका व्यक्तिहरु शारिरीक रुपमा ठिक भएकाहरु भन्दा दक्ष भएको पाइन्छ । यसैले उनीहरुलाई हेर्ने दृष्टि मै परिवर्तन ल्याउन जरुरी छ ।

अपांगता भएका व्यक्तिहरुलाई समान अधिकार र समान पहुँचका लागि व्यवस्था मिलाइनु पर्छ । संविधान र कानुन मात्र भएर होइन, व्यवहारिक रुपमा कार्यान्वयनको खाँचो छ । खासगरी अपांगता भएका आम नागरिकहरुलाई अवसर प्रदान गर्ने सवालमा सरोकारवाला निकाय तयार हुनुपर्छ । उनीहरुका थुप्रै मुद्धाहरु पनि छन् । बाहिरी संसारका सूचनाबाट बञ्चित भएका अपांगता भएका व्यक्तिहरुलाई उनीहरको आवश्यकताका आधारमा संरचनाको निर्माण उत्तिकै जरुरी छ ।

सरकारी कार्यालयहरुमा कामका लागि पुग्ने व्यक्तिहरुलाई समस्या हुने गरेको छ । सरकारी कार्यालय, विधालय लगायतका ठाउँमा धेरै दुःख भोग्नु परेको छ । यसैले स्थानीय, प्रदेश र केन्द्र सरकारले संरचना निर्माणमा अपांगतामैत्री बनाउन आवश्यक छ । नेपाल सरकारले अपांगता भएका नागरिकलाई स्वरोजगार बनाउन सोही अनुसारको परियोजना निर्माण गर्नुपर्छ । सरकारी सेवा प्रवेशमा पनि अपांगता भएका नागरिकहरुलाई विशेष आरक्षणको प्रावधान मिलाउन खाँचो छ । अवस्था अनुसार सीप सिकाएर पनि अपांगता भएका व्यक्तिहरुलाई सहयोग गर्न सकिन्छ । यसैले सबै अवसरहरु सपांगहरुकै मात्र भन्ने दृष्टिकोण बदल्नैपर्छ ।

प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]