बैशाख २३, २०८१ आईतबार

पाकिस्तानको कोइला खानी विस्फोट ६ श्रमिकको मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो ।

शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र छ जना श्रमिकले काम गरिरहेका बेला खानीमा विस्फोट हुँदा कोइलाको केही भाग भत्किएको बताइएको छ ।

अधिकारीहरूका अनुसार खानीभित्र करिब एक हजार ५०० फिट गहिराइमा ग्यास विष्फोट भएपछि आगलागी भएको र श्रमिकहरू खानीमा फसेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रका कामदार र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए ।

पाकिस्तानमा रहेका कोइला कम्पनीहरूले आवश्यक सावधानीसहित खानी सञ्चालन नगर्दा वर्षेनी सयौँ मजदूरको दुर्घटनामा मृत्यु हुने गरेका छ ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]