जेष्ठ ६, २०८१ आईतबार

चारआली जंगल क्षेत्रमा सीसी क्यामेरा जोडौं

सम्पादकीय
झापाको चारआली जंगल क्षेत्रमा केहि दिनअघि मात्रै एक दम्पत्तिको शव फेला परेको थियो । अुर्जनधारा –११ का एक दम्पत्तिले जंगल क्षेत्रभित्र जीवन त्याग गरे । उनीहरु दुवैको घाँटीमा डोरी थियो । शव अत्यन्तै दुर्गन्धित भइसकेको थियो । घटना भएको निकै दिनपछि मात्रै देखे पछि दुर्गन्धित भएको हुन सक्छ । घटना के कसरी भयो भन्ने पाटो प्रहरीको अनुसन्धानको पाटो हो । उनीहरु दुवैको शवको पोष्टमार्टम धरान घोपामा भइसकेको छ । विगत एक वर्षदेखि ‘मानव जीवनको अन्त्य’ गर्ने ठाउँ जस्तै बन्दै गइरहेको चारआली जंगल क्षेत्रका बारेमा सरोकारवाला अब सचेत हुनुपर्ने देखिएको छ ।

दुई वर्षअघि बिर्तामोडका एक होटल व्यवसायीको शव फेला परेको थियो । गाउँले होटलका सञ्चालकको शव त्यहि चारआली जंगलमा भेटियो । उनको शव नजिकै विषादीको बोतल पनि भेटिएको थियो । केहि महिनाअघि बिर्तामोड घर भएका एक पुरुष पनि त्यहि मृत अवस्थामा फेला परेका थिए । चारआली जंगल क्षेत्रमा रहेको एउटा चौतारीमा पनि शव भेटिएको थियो । चारआली जंगललाई मानिसहरु कसरी प्रयोग गरिरहेका छन् । जंगल क्षेत्रलाई देहत्याग गर्ने ठाउँको रुपमा प्रयोग गर्न थालेजस्तो छ । यस तर्फ संवेदनशिल हुन आवश्यक छ ।

आफैमा जंगल क्षेत्रको कुनै दोष छैन । तर, निरन्तर भइरहेका घटनाहरुले सबैलाई सोच्न बाध्य बनाएको हुनुपर्छ । पछिल्लो समय चारआली जंगल क्षेत्रमा भइरहेको घटनाले अवश्य सबैलाई सचेत बनाएको हुनुपर्छ । राज्य पक्ष विशेष चनाखो हुनुपर्छ । त्यस क्षेत्रमा सीसी क्यामेराको निगरानी हुनुपर्छ । कोहि किन जंगल प्रवेश गरिरहेका छन् । त्यसको बारेमा चासो राख्न आवश्यक छ । बाहिर सार्वजनिक भएका घटना बाहेक त्यहाँभित्र केके भइरहेको छ ? जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, राजनीतिक दल, नागरिक समाज र सामाजिक संघ संस्थाहरुले यसबारे ख्याल गर्न आवश्यक छ । घरबाट कोहि पनि सम्पर्कविहीन भइहाले शुरुमा चारआली जंगलमै खोज्नुपर्ने परिस्थिति बन्दै गइरहेको छ ।

प्रकाशित मिति : पुष ८, २०७९ शुक्रबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]