जेष्ठ ६, २०८१ आईतबार

विद्यालयको नियमित अनुगमन गरौं

सम्पादकीय
सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी छ । लगानी अनुसारको प्रतिफल प्राप्त भइरहेको छैन । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयहरु धेरै कमजोर छन् । निजी र सामुदायिकमा नतिजादेखि शैक्षिक वातावरण मै फरक पाइन्छ । विद्यालयले प्राप्त गर्ने सफलतामा नै धेरै कमजोर छ । बरु, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले प्राप्त गर्ने सुविधा निजीभन्दा धेरै हुन्छ । सुविधा धेरै भए पनि नतिजामा निजीभन्दा सधैं कमजोर हुनुपरेको छ । सामुदायिक विद्यालय सुधारमा शिक्षककै भूमिका ठुलो हुने देखियो ।

झापामा मंगलवार शैक्षिक गुणस्तर सुधारका बारेमा व्यापाक छलफल भयो । सामुदायिक विद्यालय र निजी विद्यालयहरुलाई तुलना गरेर पनि धेरैजसो विषयमा छलफल भए । सामुदायिक विद्यालयहरुमा शिक्षकमा नयाँ ज्ञान र सीपको ठुलो अभाव देखिएको निष्कर्ष छ । वास्तवमा शिक्षक नै अहिले समयानुकल अपडेट हुन सकेनन् भने विद्यार्थीहलाई सिकाउन पनि सक्दैनन् । यसैले शिक्षकमा सबैभन्दा ठुलो इच्छाशक्तिको खाँचो देखिन्छ । विद्यालयलाई माथि उठाउने कि तल झोर्ने त्यसको मुख्य भूमिका नै शिक्षकसँग हुन्छ ।

सामुदायिक विद्यालयहरुको वर्गीकरणको सवाल पनि उठेको छ । वर्गीकरणका आधारमा विद्यालयहरु हेरिनुपर्छ । पछिल्लो समय केहि सामुदायिक विद्यालयहरु अत्यन्तै मेहनतका साथ अगाडि आइरहेका छन् । त्यसैले विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउन सधै वर्गीकरण गरेर जाँदा उपर्युक्त हुन सक्छ । अर्को, स्थानीय तहहरु पनि विद्यालयको शैक्षिक वातावरणलाई माथि उठाउन प्राथमिकता दिइरहेका छैनन् । स्थानीय तहहरु मात्रै व्यापाक रुपमा लाग्ने हो भने पनि सामुदायिक विद्यालयलाई सुधार गर्न सकिन्छ । त्यसका लागि विद्यालयको नियमित अनुगमन अपरिहार्य छ ।

प्रकाशित मिति : पुष १४, २०७९ बिहीबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]